राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन्। फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ। शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको छ ।
निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य जाने हो?’ स्कुटर घ्याच्च रोकियो ।
जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पार्थ्यो। एकछिन बार्गेनिङ भयो र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन । रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् ।
डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ।
प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ।
यौनकर्मी महिला तथा तेस्रो लिंगीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन्
रत्नपार्क- दाइ जाने हो? कति ? १३००, होल नाइटको ५००० रुम यसैमा।
रत्नपार्क आसपास राती ९ बजे कानमा ठोकिएको आवाज हो यो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीलगायत रत्नपार्क क्षेत्रमा यसैगरी बार्गेनिङ चलिरहेका छन् अर्थात् जवानीको मोलतोल यसरी नै भइरहेछन्। यौनकर्मी महिला तथा तेस्रो लिंगीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन् । केही असहज जवाफ आउनेबित्तिकै गाली गर्न थाल्छन्।
काठमाडौंको रात्रिकालीन समयलाई लिएर अनेक चर्चा परिचर्चा चल्ने गरेका छन् । विशेषगरी यौनकर्म र अपराधले भरिएको राजधानीको रात्रिकालीन समय पछिल्लो समय मनोरञ्जनको माध्यम बन्न पुगेको छ। भीआईपीको दबदबा रहेको दरबारमार्ग क्षेत्र, बसपार्क, चाबहिललगायतका स्थानका रात्रिकालीन व्यवसायसमेत अधिकांश नेपाली युवायुवतीले नै धानेको देखिन्छ ।
दरबारमार्ग, ठमेलको सञ्चयकोष क्षेत्र, नसिङचोक ज्याठा तथा रत्नपार्क आसपास क्षेत्रमा रातिको समयमा तेस्रो लिंगी तथा यौनकर्मी महिलाको बिगबिगी हुने गरेको छ ।
एकैछिन फुटपाथ वा त्यस क्षेत्रमा कोही उभिनु मात्रै पर्छ, यस्ता धेरै अफर आइपुग्छन्। यौकर्मीहरूले स्कुटी लिएर विभिन्न होटल, अर्पाटमेन्ट र डेरामा पुर्याएर धन्दा चलाउने गरेको देखिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया