पौष ५।नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)ले सहयोग नगरे स्याङ्जाको आँधीखोलामा पुल निर्माण कार्य सम्पन्न गर्न नसक्ने सहायक ठेकेदार ऋषि गौतमले बताएपछि स्याङ्जाका स्थानीय चिन्तित बनेका छ्न।
मंसिर २८ गते पोखरामा भएको छ्लफलमा सहायक ठेकेदार ऋषि गौतमले कान्छारामले सहयोग नगरे काम सम्पन्न गर्न नसकिने बताएका थिए।
स्याङ्जाको आँधीखोला गाउँपालिकामा निर्माणाधीन पुल ठेकेदारद्वयले अलपत्र पारेर स्थानिय तथा पर्यटकलाई बर्षौ सास्ती दिएको भन्दै स्थानीय आन्दोलित भएका थिए। यस पुलको बारेमा तीनलाल खबरमा भिडियो सहित समाचार प्रकाशित भएको थियो।
स्थानीय बासिन्दाले सामाजिक संजालमार्फत ठेकेदारद्वय रामेछाप काङ्ग्रेस सभापति (मुख्य ठेकेदार )पुर्णबहादुर तामाङ र कास्कीका ऋषि गौतमलाई “कि पुल बनाउ कित भत्काउ” भन्दै दवाव दिएका थिए।
संचार माध्यम र सामाजिक संजालको” प्रेसर” झेल्न नसकेर पुललाई अलपत्र पारी जन सम्पर्कमा नआएका ठेकेदार कान्छाराम र गौतम स्थानीयको सम्पर्कमा आए।
स्थानीय खुसी भए। कान्छारामले तत्काल काम सुरु गर्ने स्थानीयलाई बताए। उनी फर्के।
केही दिनमा पुलमा कामदारले काम सुरु गरे। स्थानीय पुल बन्ने भयो ठानी छ्क्क पर्न नपाउदै फेरि चिन्तित हुन पुगेका छन् ।
८/१० जना कामदारले काम सुरु गरेका छ्न। बर्षा सुरु हुनु अगाडिनै काम सक्न १०० भन्दा धेरै कामदारको आवश्यकता पर्ने स्थानीय बताउछन् ।
१२० कामदारले वर्षा अगाडि काम सक्छन भनेर आशा गरेका थियौ ,ठेकेदारले १० जना ल्याएर काम सुरु गर्नु भयो। अब पुल बन्ला भन्न नसक्ने एक स्थानीय बताउछ्न।
झारो टार्नको लागि कान्छारामले न्यून कामदार पठाएर जनतालाई उल्लु बनाउन लागेका हुनकी एक स्थानीय बताउँछन् ।
आवश्यक जनशक्ति सहित काम सुरु नगरे कान्छारामले हात उठाए हुने स्थानीयले कान्छारामलाई सुझाव दिएका छ्न।
प्रतिक्रिया