काठमाडौंमा भएको एक कार्यक्रममा एमाले रामेछाप ईन्चार्ज एवं केन्द्रिय सदस्य कैलास ढुङ्गेलले रामेछाप एमाले नेताकार्यकर्ता अल्छि भएको आरोप लगाएका छ्न।

नेकपा एमालेको पहलमा जिल्लामा भएका विकासहरुको प्रचार गर्न एमाले चुकेको उनले बताएका छ्न।

प्रदेश सरकारमा एमाले हुँदा जिल्लामा विकासले काँचुली फेरिसकेको छ।हरेक सेक्टरमा विकास सुरुवात भईसकेको छ। तर हामीले प्रचार प्रसारमा ध्यान किन दिएनाैं ?ढुङ्गेल आक्रोशित हुँदै भन्छन” अन्य पार्टीका व्यक्ति एमालेले के गर्यो भन्छ्न । हामी गरेको विकासका कुरा जनतामा ल्याउन सकिरहेको छैनौ।

कार्यक्रममा ढुङ्गेलले प्रदेश सरकारमा आफू मन्त्री हुँदा भएका विकासको फेहरिस्त लगाउदै प्रचारमा लाग्न कार्यकर्तालाई अनुरोध गरेका छ्न।

एमालेको पहलमा भएका विकासबारे जनताबीच छलफल चलाउन र प्रचार प्रसार व्यापक गर्न ढुङ्गेलले कार्यकर्तालाई अनुरोध गरेका छ्न।