पौष १२ ।नेकपा एमाले रामेछापले आसन्न जिल्ला अधिवेशनको जानकारी दिन आज पत्रकार सम्मेलन गरेको छ। जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना रहेको पत्रकार सम्मेलनमा एमालेले जनाएको छ।
पौष २३ गते उद्घाटन र २४ गते बन्द सत्र गर्ने कार्यक्रम एमालेले तय गरेको जनाएको छ।
जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट गर्न एमालेले न्युनतम मापदण्ड समेत तोकेको छ।
पहिलो ५० जना संगठित सदस्य बराबर ३ जना प्रतिनिधि (एक महिला) ,पहिलो थप ५० जनामा एक प्रतिनिधि र अर्को थप ५० जना बराबर एक महिला सहित एमालेले प्रतिनिधि छनौट गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
त्यस्तै जनवर्गीय संगठनबाट दुई महिला सहित पाँच जना,प्रत्येक पालिकाबाट ५जना ,सम्पर्क मञ्चबाट दुई महिला सहित १५जना , प्रत्येक वडाबाट न्युनतम एक जना दलितको प्रतिनिधित्व हुने गरी र ,जिल्ला सल्लाहकार समितिबाट १५ जना प्रतिनिधिले एमाले रामेछाप जिल्ला कमिटीको अधिवेशनमा सहभागिता जनाउने जानकारी दिईएको छ।
प्रतिनिधि छनोट प्रक्रियामा संगठित सदस्य गणक सङ्ख्या २५ भन्दा माथी हुन पुगेमा त्यस्लाई ५० मानी एक प्रतिनिधि छनौट हुने र २४ भन्दा कम सङ्ख्या भएमा त्यसलाई ० मा गणना गरिने एमालेले जनाएको छ।
एमालेले १७ गते वडा कमिटीबाट प्रतिनिधि चयन गरिसक्नुपर्ने बाध्यात्मक अवस्था राखेको छ भने
१८ गते पालिका सम्पर्क कमिटी र जनवर्गीय संगठनबाट प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ।
नेकपा एमालेले जिल्ला अधिवेशन भब्य पार्न केही समिति समेत गठन गरेको जनाएको छ।
मुल व्यवस्थापन समितिको संयोजकमा शान्तिप्रसाद पौडेल र राजनीतिक एवं सांगठनिक प्रतिवेदन संयोजक शान्तिप्रसाद पौडेल र सदस्य प्रेम चाम्लिङ ,झम्क कडेल,आनन्द श्रेष्ठ रहेका छ्न।
आर्थिक प्रतिवेदन तयारी समिति संयोजकमा रामप्रसाद देवकोटा ,प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा आनन्द श्रेष्ठ ,स्वयंसेवक सेवक परिचालन समिति संयोजकमा लभ श्रेष्ठ ,खाद्य र आवास व्यवस्थापन संयोजकमा पुरुषोत्तम कडरिया,प्रचार प्रसार समिति संयोजकमा प्रकाशकुमार कार्की सास्कृतिक समिति झम्क कडेल,मञ्च व्यवस्थापन समिति संयोजकमा गोपाल श्रेष्ठ र अतिथि सत्कार समिति संयोजकमा प्रेमबहादुर तामाङ रहने गरि एमालेले समिति गठन गरेको जनाएको छ।
एमालेले रामेछापका नेता कार्यकर्ता र सम्पुर्ण जनसमुदायलाई जिल्ला अधिवेशन भब्यरुपले सफल बनाउन एमालेले अपिल समेत गरेको छ।
प्रतिक्रिया