नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू बागमती प्रदेश कमिटीको बैठकले  माघ १५ गते भित्र प्रदेशका सबै जिल्ला कमिटीहरु गठन गर्ने र माघ २८-२९ गते  मकवानपुरको हेटौंडामा भब्यताका साथ ऐतिहासिकरुपमा प्रदेश अधिबेशन गर्ने निर्णय गरेको छ।

बैठकमा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)केन्द्रिय स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष साबित्रा भुसाल,विशेष अतिथि नेकपा(एकीकृत समाजवादी )केन्द्रिय सदस्य,बागमती प्रदेश सचिव तथा बागमती प्रदेश विद्यार्थी  इन्चार्ज लक्ष्मण लम्साल,अतिथि अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुली,उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज यसु लामा , उपाध्यक्ष माधब पन्त लागाएतका नेताहरुले उपस्थिती जनाएका छ्न ।

अनेरास्ववियू केन्द्रिय सचिब तथा बागमती प्रदेश संयोजक दिपक बुढाथोकीले बैठकको अध्यक्षता गरेका छ्न।