पौष १७।लिखुतामाकोशी गाउँपालिका वडा ६ रामेछाप आत्मारा पिप्लाको बोट निवासी एकल महिला कमला खड्कालाई नेकपा एमाले वडा ६ कमिटीले ८७ हजार १ सय ४५ रुपैयाँ एक कार्यक्रम गरी  सहयोग प्रदान गर्यो जसमा पचास हजार रुपैयाँ सहयोग रत्नप्रसाद गौतमले गरेका थिए।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं समाजसेवी लोकप्रिय नेता रत्नप्रसाद गौतमको विषेश सहयोगमा प्राप्त रकम र  खिम्तीका स्थानीय एमाले नेता तथा समाजसेवीहरुले संकलन गरेको रकम कमला खड्कालाई प्रदान गरिएको थियोे ।

गौतमले गरेको यो पहिलो सहयोग थिएन।रामेछाप कोरोनाले त्रसित हुँदा उनले पचासौं लाखको आर्थिक र भौतिक सहयोग गरेका थिए।अक्सिजनको अभाव हुन नदिन  गौतमले पुर्याएको योगदानलाई रामेछापले बिर्सन सक्दैन ।

सर्सर्ती हेर्दा गौतमले बेड अभावमा छटपटाएका बिरामीलाई बेड उपलब्ध गराए । अभावको विच रामेछापमा उनले अक्सिजनका सिलिन्डर गाउँगाउँमा पुर्याईदिए। स्वास्थय बन्दोबस्तीका सामाग्री उनको बुताले भ्याएसम्म जिल्लामा उपलब्ध गराए।

सामाजिक संस्था होस या राजनीतिक पार्टी ।युवाहरूको क्लब होस या स्कुलका विद्यार्थी। बाढीपहिरो पीडित होस या आगलागी । स्वास्थय सामाग्री होस या शैक्षिक सामग्री हरेक ठाउँमा गौतमको धेरथोर सहयोग रहेकै हुन्छ।

तिनै गौतमले एमाले रामेछापका पुर्व सचीव पुरुषोत्तम कडरियाको पहलमा खिम्ती आत्मारा पिपोलबोट स्थिति आगलागी पिडित एकल महिला कमला खड्कालाई पचास हजार सहयोग गरेका हुन।

संकलन गरिएको रकम आत्मारामा एक कार्यक्रम गरि वडा ६का अध्यक्ष शिवप्रसाद न्यौपाने र एमाले पुर्व सचीव पुरुषोत्तम कडरियाको रोहवरमा खड्कालाई प्रदान गरिएको छ।

खड्कालाई रकम सहयोग प्रदान गरेर  सहयोग गर्ने व्यक्तिहरु
रत्नप्रसाद गौतम ५०००० ,ज्याईडाडा थापा समुह १००१५,दुर्गाबहादुर श्रेष्ठ ५००० शिवप्रसाद न्यौपाने ५००० पुरुषोत्तम कडरिया,५०००,शुशिला थापा, १०५०,शेर बहादुर थापा, १५००विस्नु थापा, शिवजी थापा ,१००५,रामबहादुर थापामगर, १०००बमबहादुर श्रेष्ठ ,१००० तेजबहादुर थापामर,५०० लिलाबहादुर थापामगर, ५०० रामबहादुर बरुवाल ,१०००तोपबहादुर थापा मग,सुरेन्द्रप्रसाद न्यौपाने,१००० विजयकुमार श्रेष्ठ १०२०,हरिबहादुर थापा ५००