पुस, काठमाडौँ । मधेश अर्थात प्रदेश नम्बर २ का चर्चित राजनीतिक व्यक्तित्व यदुवंश झा पुन एमालेमै फर्किएका छन । प्रदेश नम्बर २ मा माधव नेपालले समाउने बलियो हाँगाको रूपमा चिनिएका झा आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य प्रभु शाह, बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डे लगायत सहभागी रहेका थिए । झा माधव नेपालले गठन गरेको नेकपा एसको पोलिटब्यूरो सदस्य रहेका थिए । उनी २०६० साल अघि नै एमालेको पोलिटब्यूरो सदस्य रहेको भए पनि पार्टी परित्याग गरेर मालेमा सहभागी भएका थिए ।
झाले डा बाबुराम भट्टराइ प्रधानमन्त्री भएको समयमा सीपी मैनालीको माले फुटाएर वनमन्त्री पड्का थिए । पछि २०७० सालमा माले समाजवादीका सह–अध्यक्ष रहेकै समयमा उनी एमालेमा प्रवेश गरेका थिए । अहिले एमाले छाडेर माधव नेपालको पछि लागेका उनी समाजवादी पार्टीको भविष्य अन्धकार देखेपछि रातारात एमालेमा फर्किएका हुन । झा धनुषाका भए पनि उनको प्रदेश नम्बर २ भित्र राम्रो प्रभाव रहेको छ ।
प्रतिक्रिया