एमाले रामेछापको अघिल्ला अधिवेशन र आसन्न अधिवेशन उस्तै उस्तै उस्तै हुन्छन्कि केही फरक हुनेछ ?

हामी अधिवेशनको महत्त्वपूर्ण क्षणमा छौं।वैचारिक राजनीतिक ,सहभागिता र संदेशको हिसाबले अधिवेशन भब्य र सभ्य तरिकाले सम्पन्न गर्न गइरहेका छौं ।

हामीले भर्खरमात्र वडा ,पालिका र राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छौं । स्थानीय र संसदिय निर्वाचनको सन्निकट छौं त्यसकारण हाम्रो अधिवेशन प्रतिनिधिमुलुक र संदेशमुलुक हुनेछ।

हामी अधिवेशनबाट नेताकार्यकर्ता र रामेछापबासीलाई सन्देश दिन चाहन्छौं।

हाम्रो पार्टी नेकपा एमाले सुदृढ र एकढिक्कासाथ अगाडि बढिरहेको छ। राजनीतिक र वैचारिक हिसाबले मुलुकको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने सन्देश दिन चाहन्छौं । रामेछापको राजनीतिक नेतृत्व पनि एमाले ले गर्छ। कृषि ,स्वास्थ्य ,यातायात लगाएतको क्षेत्रमा भएको विकास निर्माणलाई हेर्दा यस्को पुष्टि हुन्छ।यसकारण रामेछापमा एमाले पहिलो र राजनीतिक नेतृत्व गर्ने एक मात्र पार्टी हो।

नेताकार्यकर्ता र जनवर्गीय संगठन चुस्त र व्यवस्थित ढंगले अगाडि बढिरहेका छ्न। राजनीतिक पार्टीमा हुनुपर्ने सबै व्यबस्थापकिय क्षमता एमाले पार्टीमा छ भन्ने सन्देश दिन चाहन्छौं ।

राजनीतिलाई नयाँ पुस्तासँग जोडेर लैजान चाहन्छौं ।अग्रजहरुले गरेको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तामा राजनीतिलाई पुस्तान्तरण गरेर नयाँ पुस्ताको उद्देश्य पूरा गर्ने सन्देश लैजान चाहन्छौं ।

एमाले रामेछापको महाधिवेशनमा अराजकताले स्थान पाउने संभावना कतीको छ?

यस्तो संभावना नेकपा एमालेमा छैन।नेकपा एमाले राजनीतिक र वैचारिक ढंगले सुदृढ भएको र नेताकार्यकर्तापनि राजनीतिक र वैचारिकरुपमा बलियो छ्न।  बहुदलीय प्रतिस्पर्धामा र लोकतन्त्रमा विस्वास राख्ने पार्टी भएकाले विभिन्न पदमा साथीहरूले अपेक्षा राख्नु अनौठो कुरा हैन। हामी एकमन एक साथ अधिवेशन सर्बसम्मत सम्पन्न गर्न लाग्छौ। एमालेको अधिवेशनमा कुनैपनी झैझगडा हुने छैन।

सर्वसम्मत नहुँदा निर्वाचनबाट शान्तिपुर्वक अधिवेशन सम्पन्न गर्छौ भन्नू भएको हो?

सर्वसम्मतको अधिकतम प्रयास गर्ने छौ। निर्वाचन लड्न त स्थानीय निर्वाचन आउँदै छ।अरु पार्टीसँग चुनाव  लड्नुपर्छ। यदि सर्वसम्मत नभएमा हामी लोकतान्त्रिक पद्धतिअनुरुप  निर्वाचन प्रक्रियामा गएर अधिवेशन सफल पार्छौ।

तपाई अध्यक्षको उपयुक्त प्रत्यासी हो ?

लामो समय पार्टीभित्र संघर्ष आन्दोलन र अभियानमा संलग्न हुँदा अध्यक्षको अपेक्षा गर्नु ठूलो कुरा हैन।

करिव नौ बर्षदेखि सचीव पदमा कृयाशिल छु । केही समय पार्टीलाई संकट पर्दा मलाई पार्टीले दिएको अध्यक्षको जिम्मेवारीसमेत अग्रज पुस्ताको सहयोग भरोसा र मायामा कुशलतापुर्वक हाम्रो नेतृत्वले सम्पन्न गर्यो। सबैको साथ सहयोगमा म पार्टीको  नेतृत्व  गर्नेछु। यसकारण मेरो अध्यक्षमा उम्मेदवारी अनौठो हैन।

पार्टी संकटमा परेको बेला तत्कालीन एमाले टिमले संकट टार्यो भनेर अघिल्ला पुस्ताका नेता चुप लागेर बस्लान ?

अधिवेशनमा पदको दावी गर्नु कुनै आश्चर्य हुँदैन ।तर पनि अग्रजहरुले मलाई विस्वास ,माया र भरोसा गर्नुहुनेछ। त्यो दायित्व पूरा गर्न यो एमाले टिम काविल छ भन्ने म ठान्दछु। नेतृत्वमा रहनुभएका अग्रजहरुलेपनि सहजतापुर्वकनै प्रक्रियालाई अगाडि बढाउनु हुन्छ र हामी सर्वसम्मत तवरले अधिवेशन सम्पन्न गर्छौ ।

अग्रजपुस्ताको सहयोगमा युवा नेतृत्वले रामेछाप एमालेको कमान्ड गर्छ भन्न खोज्नु भएको हो?

उहाँहरुको योगदानलाई सम्मान गर्दै उहाँहरुले दिएको दिशानिर्देशमा अगाडि बढ्न युवा पुस्ता योग्य छ भन्ने अग्रजहरुको विस्वास छ। उहाँहरुको अभिव्यक्ति र  व्यबहारले यो बुझ्न सकिन्छ। सबै अग्रजहरुले सन्देश दिने गरि अधिवेशन सम्पन्न गराउन लागिपर्नुहुन्च भन्ने मेरो विस्वास छ।

केही छुट्योकी?

नेकपा एमालेको अधिवेशन भब्यताका सम्पन्न गर्नको निम्ति नेता कार्यकर्ता शुभेच्छा राख्नुहुने शुभचिन्तक ,सुरक्षाकर्मी,कर्मचारी ,मानवअधिकारवादी,पत्रकार अन्य पार्टी र सबैलाई धन्यवाद दिन चाहन्छु र हाम्रो सन्देश सबैमा पुग्ने गरि प्रचारप्रसार गरिदिनुहुन पत्रकारलगाएत सबैमा एमाले जिल्ला कमिटीको तर्फबाट म अनुरोध गर्दछु।                                                                                  (एमाले रामेछापको अधिवेशनको पुर्व सन्ध्यामा तिनलाल खबरले एमाले जिल्ला कमिटी सचिव आनन्द श्रेष्ठसग गरिएको कुराकानीमा आधारित सम्पादित अन्तरबार्ता )