नेकपा एमाले रामेछापको आठौं जिल्ला अधिवेशन निर्वाचन प्रक्रियातर्फ उन्मुख भएको छ।
सर्वसम्मतबाट नेतृत्व चयन गरिने भनिएको भएपनि विभिन्न पदमा प्रत्यासीहरु मनोनयन दर्ताको लर्को लागेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने संभावना बढेको स्रोतले जनाएको छ।
अध्यक्षमा आनन्द श्रेष्ठ ,लभ श्रेष्ठ ,प्रेमबहादुर तामाङ उपाध्यक्षमा गङ्गा कार्की होतराज ढकाल र धुर्व कार्की सचीवमा पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ उपसचिवमा प्रकाशकुमार कार्की,पुष्कर कार्की ,राजेन्द्र कार्की लगाएतको चर्चा चलेता पनि आनन्द श्रेष्ठ ,गङ्गा कार्की,पुरुषोत्तम कडरिया प्रकाशकुमार कार्कीको संभावना बलियो रहेको एक प्रतिनिधिले बताएका छन।
प्रतिक्रिया