नेकपा एमाले रामेछापको जारी आठौं महाधिवेशनमा सर्वसम्मत पदाधिकारी र सदस्य चयन हुन नस्केपछी पदाधिकारी र सदस्य चयन गर्न मतदान हुँदै छ।
मतदान प्रक्रियामा एमालेका प्रतिनिधिहरु सहभागी भई मतदान गरिरहेका छ्न।
अध्यक्षमा आनन्द श्रेष्ठ निर्विरोध भएतापनि अन्य पदमा सहमति हुन नसकेपछि एमाले रामेछापको अधिवेशनले पदाधिकारी र सदस्य निर्वाचन प्रक्रियाबाट चयन गर्दै छ।
अध्यक्ष आनन्द श्रेष्ठ उपाध्यक्ष इन्द्रबहादुर तामाङ सचीव पुरुषोत्तम कडरिया उपसचिव प्रकाशकुमार कार्की र होतराज ढकाल सहितको जिल्ला कमिटी सर्वसम्मत चयनको प्रयास असफल भएको बुझिएको छ।
प्रतिक्रिया