नेकपा (एकीकृत समाजवादी )रामेछापले हेमबहादुर श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय  वडा  कमिटी गठन गरेको छ ।

मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीमा एकीकृत समाजवादीले वडा कमिटी गठन गरेको छ।

राष्ट्रव्यापी संगठन निर्माणमा लागेको एकीकृत समाजवादीले रामेछापमा यो ३८औं वडा कमिटी गठन गरेको हो।

कमिटी निर्माण कार्यक्रममा पोलिट्व्युरो सदस्य तथा जिल्ला ईन्चार्ज देवशङ्कर पौडेल मन्थली नगरपालिकाका मेयर तथा जिल्ला कमिटी अध्यक्ष रमेशकुमार बस्नेत र जिल्ला कमिटी उपसचिव तथा अनेरास्ववियूका केन्द्रिय सचीव दिपक बुढाथोकीले मन्तव्य राख्नुभएको थियो।