प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष एवं केन्द्रिय सदस्य युनिक विफा घिसिङ नेकपा एमाले रामेछापको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छ्न।
आठौं जिल्ला अधिवेशनमा भएको निर्वाचनमा ३६९ (पपुलर) मत प्राप्त गर्दै अध्यक्ष घिसिङ समावेशी जनजाति तर्फबाट जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएका हुन।
विगत १५ वर्ष भन्दा बढी समयदेखि सक्रिय पत्रकारितामा रहनुभएका घिसिङ रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित रेडियो इनर्जी १०६.२ मेघाहर्जको स्टेशन म्यानेजर हुन।
त्यस्तै घिसिङ तामाकोसी अनलाइनको प्रधान सम्पादक समेत छ्न।
प्रतिक्रिया