पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गरेकी छन् । जसमा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । हजरा पहिला पनि अध्यक्ष नै थिए ।
अध्यक्ष गुप्ताले आफूले पार्टी परित्याग गरेको स्वीकार गरे । ‘सर्वोच्च अदालतको (एमाले र माओवादी अलग हुने) फैसलापछि मेरो लाइन एमालेतिर गयो,’ उनले भने, ‘पद जनताले दिएको हो, पदमा नभए पनि जनताको सेवा गर्छु । यसबाट म बिचलित छैन । जनताको विश्वास जित्न सके ढिलोचाँडो फेरि पदमा पुगिन्छ ।’
प्रतिक्रिया