नेकपा एमाले रामेछापको आठौं जिल्ला अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले अधिकांश प्रतिनिधिले रुचाएका पदाधिकारी र सदस्य चयन गरेको छ।
समग्रमा एमाले अधिवेशन सन्देशमुलुक रह्यो । निवर्तमान सचीव आनन्द श्रेष्ठले तीनलाल खबरमा दिएको अन्तर्वार्तामा भनेको जस्तै अधिवेशनले व्यवस्थापनमा परिपक्वता भएको पार्टी एमाले हो भन्ने संदेश निस्संदेह प्रवाह गर्यो।
गुटबन्दीको नाममा झैझगडा र काटामार गन्ध समेत एमालेले आउन दिएन। सत्तारुढ दल नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनले मन्थली हल्लीएको धेरै समय भएको थिएन । यस्तो परिस्थितिमा एमालेले अधिवेशनले अन्य रामेछापका पार्टीलाई केही राजनीति पाठ र संस्कार पक्कै सिकाएको हुनुपर्छ । यो पाठलाई अन्य पार्टीले आफ्नो पार्टी भित्र आन्तरिक बहसको विषय बनाउदा फरक नपर्न सक्छ।
एक हजार हाराहारीमा एमाले सक्रिय कार्यकर्ता उपस्थित थलोमा अवाञ्छित क्रियाकलाप विना अधिवेशन सम्पन्न गरेकोमा एमाले व्यवस्थापन धन्यवादको पात्र अवश्य बन्दछ। यो राजनीति संस्कारलाई अब अन्य पार्टी र विशेष गरि नेपाली काङ्ग्रेसले पछ्याउनु राम्रो देखिन्छ ।
प्रतिक्रिया