काठमाडौं । सिन्धुली काँग्रेसका प्रभावशाली युवा नेता एमालेमा प्रवेश गरेका छन। राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा लामो समयदेखि सिन्धुलीको सामाजिक कार्यमा सक्रिय एवं नेपाली कांग्रेस कमलामाई नगर सदस्य राजु चौलागाई र नेपाली काङग्रेसका सक्रिय कार्यकर्ता इश्वर थापा नेकपा एमाले प्रवेश गरेका हुन ।

युवा संघ नेपालका इन्चार्ज एवं पुर्वमन्त्री महेश बस्नेतले उनिहरुलाई खादा लगाई पार्टीमा प्रवेश गराउनुभएको हो । नवप्रबेशी हरुलाई कार्यक्रममा संघका अध्यक्ष किरण पौडेल ,सिन्धुली एमाले अध्यक्ष प्रदिप कटुवाल,युवा संघका पदाधिकारी लगायतले स्वागत गर्नुभएको थियो ।

पार्टीमा स्वागत गर्दै पूर्वमन्त्री बस्नेतले नवप्रवेशीहरुको निर्णयको प्रसंशा गर्दै ढुक्क भएर एमालेको अभियानमा सकृयता पूर्वक लाग्न आग्रह गर्नुभयो । उहाँले अहिले देशमा केही पूर्व समुहहरुको नाममा गठित अनेक पूर्व क्लबहरु देशलाई अस्थिरताको दिशातर्फ धकेल्ने चल्खेलमा तल्लिन रहेकोले सशक्त प्रतिबाद गर्न युवाहरु एकजुट भै लाग्न निर्देशन दिनुभयो । पुर्बआयुक्त ,पुर्ब न्यायधिस, बार एसोसिएसनका पूर्व पदाधिकारीहरु सबै मिलेर अहिले सरकार र राष्ट्र बिरुद्ध अनेक षड्यन्त्र गरिरहेको बस्नेतले बताउनुभयो ।

संघका अध्यक्ष किरण पौडेलले केपी शर्मा ओलीले राष्ट्रियता र समृदिको लागि चाल्नुभएको कदमका कारण प्रवेशको यो लहर देशव्यापी चलिरहेको र संघले नवप्रवेशी साथीहरुलाई संगठनमा उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गरेको महासचिब रमेश आचार्यले जानकारी दिनुभयो ।