श्री शारदा मा.वी. मन्थली नगरपालिका गेलु रामेछापको विद्यार्थी बलात्कार काण्डबारे अनेरास्ववियु रामेछापले सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउदै विज्ञप्ति निकालेको छ।
विज्ञप्तिमा अनेरास्ववियु रामेछापले भनेको छ”शक्तिको आडमा दोषीलाई उन्मुक्ति दिने वा संरक्षण गर्ने गतिविधि स्वीकार्य हुँदैन।” दोषीलाई बचाउन खोजे आन्दोलनमा उत्रने समेत अनेरास्ववियुले जनाएको छ।
कक्षा ९ मा अध्ययनरत १५ बर्षकी वालिकालाई सोही स्कुलका शिक्षक दिनेशकुमार गुप्ताले बलात्कार गर्ने प्रयास पौष २५ गते गरेका थिए ।गुप्ता अहिले प्रहरी हिरासतमा छ्न।
प्रतिक्रिया