आपराधिक घटनाको अनुसन्धानका क्रममा शंकास्पद आरोपीसम्म पुग्न सेना–प्रहरीले कुकुरको प्रयोग गर्दै आएका छन् । तर अब कोरोना संक्रमितको पहिचान गर्न समेत कुकुरको प्रयोग हुन थालेको छ ।

अमेरिकामा तालिमप्राप्त कुकुरले सुँघेर एकैछिनमा कोरोना संक्रमितको पहिचान गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कुकुरले सुँघेर कोरोना संक्रमित भएको पहिचान गरिसकेपछि आरटी–पीसीआर गर्ने आवश्यकता नै नपर्ने जनाइएको छ ।

कोरोना संक्रमितको शरीरबाट आउने छुट्टै जैविक गन्धका आधारमा कुकुरले संक्रमितको पहिचान गर्ने गरेको जनाइएको छ । Lokantar.com बाट