नर्मदेश्वर महादेव मन्दिरको ऎतिहासिक गौरीशंख चोरी भएको छ।गौरीशंख चोरी भएको भन्दै मन्दिरका पुजारीले प्रहरी चौकी खिम्ती  रामेछापमा निवेदन दिएका छ्न।

लिखुतामाकोशी गाउँपालिका ६ रामेछाप शिवालय  स्थिति नर्मदेश्वर मन्दिरबाट केहि दिन पहिले शंख चोरी भएको मन्दिरका पुजारी ठगलाल वनले बताएका छ्न। प्रहरी चौकी खिम्तीमा गौरीशंखको खोजतलासको लागि निवेदन दिन आएका पुजारी वनले २९गते राती चोरी भएको बताएपनि केही स्थानीयले चोरी केही दिन पहिले भएको बताएका छ्न।

प्रायः हरेक बर्ष मन्दिर चोरी हुनु र निवेदन दिन ढिलाइ गरिनुले साँठगाँठमा चोरी हुन सक्ने आशंका गरिएको छ।
मन्दिरमा चोरी भएको लगातार तेस्रोपटक भएको बुझिएको छ। यस अघि मन्दिर चोरी २०३४ सालमा भएको थियोे ।त्यसपछि यो बर्ष र अघिल्ला दुई बर्ष मन्दिरमा चोरी भएको थियो।

मन्दिरका प्राय पुरातत्वीक सामाग्री चोरी भईसकेका छ्न। हरेक पटक चोरी हुँदा शिवलिङ्ग नहराउनुलाई पनि एउटा आश्चर्यको रुपमा लिइएको छ। आकारमा धेरै सानो स्वरुपको शिवलिङ्ग चोरले नचोर्नु एउटा सोचनिय बिषय बनेको छ।

ऎतिहासिक सम्पदामाथी पटक पटक आक्रमण हुँदा समेत स्थानीय जनप्रतिनिधि ,प्रशासन ,राजनीतिक पार्टी , नेता, स्थानीय अग्रजहरु र पुरातत्त्व विभाग हरेक बर्ष मन्दिरलाई किन नादिरशाही गरिरहेका छ्न ?