संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण लेवनानमा खटिएका बर्दबहादुर गणले नेपाली सेनाको हाल सम्मकै ठूलो लगानीमा कृषि पोखरी तथा सार्वजनिक उद्यानको निर्माण सम्पन्न गरि स्थानीय नगरपालिकालाई हस्तान्तरण गरेको छ।

मिशन प्रमुख तथा फोर्स कमान्डरको प्रतिनिधित्व गर्दै पुर्वी क्षेत्रका कमान्डर सहायक रथी रमोन आरमाडा भेजक्वोज,नेपाली सेनाका बरिस्ठ अधिकारी महासेनानी कमल बानियाँ र नगर प्रमुख हसन हिजाजीले संयुक्तरुपमा परियोजनाको उद्घाटन गर्नु भएको थियो।              नेपाली सेनाले सन १९५८ देखि लेवनानबाट शान्ति स्थापना कार्यमा सहभागी हुन शुरु गरेकोले लेबनानको शान्ति मिशन नेपाली सेनाको ऐतिहासिक मिसनको रुपमा हेरिन्छ । त्यहाँ कार्यरत बर्दबहादुर गणले दक्षिणी लेबनानको शान्ति र स्थायित्व कायम राख्न उच्च स्तरको व्यवसायिक क्षमता प्रदर्शन गर्दै महत्त्वपुर्ण अपरेसन उपलब्धि हासिल गर्नुको साथै विभिन्न प्रभावकारी जनहितका कार्यद्वारा स्थानिय जन समुदायसग सुमधुर सम्बन्ध राख्न सफल भइ नेपाली सेनाको प्रतिष्ठा बढाएको सैनिक स्रोतले जनाएको छ।