मोतिलाल तामाङ
सचिव नेकपा (एमाले) खाँडादेवी गाउँपालिका कमिटी
नेकपा एकीकृत समाजवादी पार्टीलाई लक्षित गरेर मोतिलाल तामाङ लेख्छन् “हालसालै देखिएका एउटा कथित नयाँ राजनीतिक दल छ।त्यो दलको नेतृत्वहरुमा कुनै योजना, भिजन, स्पष्ट राजनीतिक बिचार,कार्यदिशा छैन।
पार्टी कतिबेला बिघटन हुन्छ त्यो पनि थाहा छैन।तर पनि गाउँ-गाउँमा खसी काट्दै संस्कृतिक कार्यक्रम भनेर प्रचार गर्दै मान्छेलाई बेबकुफ बनाउदै पार्टीको भेला गर्दै जनता भड्काउन तल्लीन छन्।
तामाङ बस्तिमा पुग्यो भने त्यो बाहुन को पछि किन लाग्नु पर्यो ? भन्छन्।मगर समुदायको बस्तिमा पुग्यो भने त्यो भोटेकै पछि किन लाग्नु पर्यो ? भन्छ त्यहि समुहले ब्राम्हण- क्षेत्री समुदायको बस्तिमा पुग्यो भने त्यो ….भोटे वा नेवारको पछि किन लाग्नु पर्यो ? भन्छन अनि नेवारी समुदायको बस्तिमा पुग्यो भने त्यो भोटे वा बाहुन क्षेत्रीको पछि-किन लाग्ने ? बरु हामी सँग लाग्नु पर्छ वडा अध्यक्ष बनाई दिन्छौ, पालिका अध्यक्ष बनाईदिन्छौ,सांसद बनाईदिन्छौ भन्छन्, जो आफै अहिले सम्म बनेको छैन।हामी बिकास दिन्छौ, राजनीतिक पद पैसा दिन्छौ भन्छन्।
कति दिन सरकारमा रहन्छ थाह छैन,बिकास कसरी माग्नु पर्छ त्यो पनि थाह छैन,तिनको कुरा कसरी पत्याउने ?
तिनिहरुको बकम्फुसे कुरा पत्याएर केही दिनको लागी बाटो बिराएका साथीहरु पनि हामीसँगै फर्किनु हुनेछ र सँगै हुनेछु भन्ने आशा वा अपेक्षा पनि हामिले गरेका छौ।
तिनले दिन्छु भनेको राजनीतिक पदमा त बस्ने मान्छे नै पुगेको छैन। त्यस्तो झुण्ड पार्टीमा रोजी-रोजी पाईन्छ नी किन नपाउनु ?
ठुला पर्टिको संगठित सदस्य मात्र हुनु,उसलाई राम्रो मान्न सकिन्छ। तर सानो पार्टीको केन्द्रीय सदस्य नै हुनु तिनलाई कसैले पनि गन्दैन।
केही दिन अघि हाम्रो सहयात्री साथिहरुलाई बाटोमा भेटेकै भरमा नेताको घरमा लगेर जबरजस्ति पार्टी प्रवेश गराएको नी पाईयो।पछि तपाँईको यस्तो कुकर्म मलाई चित्त बुझेन म मेरै पार्टीमा फर्किन्छु भन्दा ज्यानै लिने सम्मको धम्कि दिएको पनि भेटियो।
यसरी नै धम्किको भरमा तिम्रो राजनीतीलाई अगाडी बढाउन खोज्छ भने हामिले प्रतिबाद गर्दा तिमी काँहा पुग्छौ त्यो ठाँउ पनि खोजेर राख।तिमिले त धम्क्याएर तर्साउन मात्र जानेको होला हामिले त त्यस्तो ब्यक्तिलाई ईटाको जवाफ पत्थरले दिन पनि जानेको छौ।”
प्रतिक्रिया