नर्मदेश्वर महादेव मन्दिरको ऎतिहासिक गौरीशंख चोरी भएको छ।
लिखुतामाकोशी गाउँपालिका ६ रामेछाप शिवालय स्थिति नर्मदेश्वर मन्दिरबाट केहि दिन पहिले शंख चोरी भएको मन्दिरका पुजारी ठगलाल वनले बताएका छ्न।
प्रहरी चौकी खिम्तीमा गौरीशंखको खोजतलासको लागि निवेदन दिन आएका पुजारी वनले २९गते राती चोरी भएको बताएपनि केही स्थानीयले चोरी केही दिन पहिले भएको बताएका छ्न।
प्रायः हरेक बर्ष मन्दिर चोरी हुनु र निवेदन दिन ढिलाइ गरिनुले साँठगाँठमा चोरी हुन सक्ने आशंका गरिएको छ।
मन्दिरमा चोरी भएको लगातार तेस्रोपटक भएको बुझिएको छ। यस अघि मन्दिर चोरी २०३४ सालमा भएको थियोे ।त्यसपछि यो बर्ष र अघिल्ला दुई बर्ष मन्दिरमा चोरी भएको थियो।
मन्दिरका प्राय पुरातत्वीक सामाग्री चोरी भईसकेका छ्न। हरेक पटक चोरी हुँदा शिवलिङ्ग नहराउनुलाई पनि एउटा आश्चर्यको रुपमा लिइएको छ। आकारमा धेरै सानो स्वरुपको शिवलिङ्ग चोरले नचोर्नु एउटा सोचनिय बिषय बनेको छ।
ऎतिहासिक सम्पदामाथी पटक पटक आक्रमण हुँदा समेत स्थानीय जनप्रतिनिधि ,प्रशासन ,राजनीतिक पार्टी , नेता, स्थानीय अग्रजहरु र पुरातत्त्व विभाग हरेक बर्ष मन्दिरलाई किन नादिरशाही गरिरहेका छ्न ?
लिखुतामाकोसी गाउँपालिका ६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपाने भन्छन् “मैले सुरक्षाकर्मीलाई जानकारी गराईसकेको छु। चोरीकार्यमा यहीँका मान्छे लागेको अनुमान लाउन सकिन्छ।
पुरातत्त्व बिभागमा सुचिकृत नर्मदेश्वर मन्दिरको संरक्षकण हामी सबै मिलेर गर्नु पर्ने हो। नर्मदेश्वर मन्दिर संरक्षण समितिले चासो देखाउदैन।
मैले चौकीमा चोरी कार्यमा सहभागी भएकालाई सार्वजनिक गर्दै मन्दिरबाट हराएका सामाग्री खोजी गरिदिन गहनढ्ङ्गले लाग्न भनिसकेको छु।
स्थानीयलाई सोधपुछ गर्दा केही बोल्दैनन् । स्थानीयले शंकास्पद व्यक्तिबारे केही बोलिदिए अनुसन्धानमा सहज हुने थियो । चोरलाई त्यहीँका मान्छेले संरक्षण गरेको जस्तो देखिन्छ ।स्थानीयले सहयोग नगरेसम्म चोर पत्ता लगाउन गाह्रो छ।स्थानीय पुजारी माईलो ठगबहादुर थापा सोमबहादुर मगर लगाएतले चासो नदिदा शंख र मन्दिर चोरी गर्नेलाई खोजि गर्न असहजता उत्पन्न भएको छ । पुरातत्त्व बिभागले मन्दिरको संरक्षकत्व गर्ने जिम्मेवारी लिएको छ।हामीसँगको सहकार्यमा उसले मन्दिरलाई तारवारको घेराभित्र राख्छ। निर्माणाधीन पार्टीको कार्य सम्पन्न पश्चात् मन्दिरमा तारवार हुन्छ। अनि चोरीकार्यलाई नियन्त्रणमा लिन सकिन्छ । अब ठेकेदारले पार्टी निर्माणकार्यलाई तिव्रता दिनुपर्ने देखिन्छ ।”
प्रतिक्रिया