वि.स. १९५० मा माधवराज र रत्नमायाँ जोशीको कोखबाट शुक्रराज शास्त्रीले जन्म लिनु भएको थियो । आर्य समाजको अभियन्ता माधवराजले छोरालाई संस्कृत भाषा अध्ययनमा प्रेरणा दिएका थिए । माधवराजको भारतीय विद्धान विदुषिहरुसँगको संगतका कारण छोरालाई पनि भारतीय भूमिमा नै अध्ययनको व्यवस्था मिलाएका थिए ।

उनी पाटनका कटुंवहालमा जन्मेका थिए । उक्त स्थान जोशीहरुको पुरानो थलो हो । बुबा आर्य समाजका अनुयायी रहेकोले नै होला उनलाई पनि भारतको सिकन्दरवादको आर्य समाजी महाविद्यालयमा संस्कृत अध्ययन गर्न भर्ना गरिदिए । उनले उक्त विद्यालयबाट शास्त्री (स्नातक) उपाधि लिए । त्यसैले उनले नामको पछाडी शास्त्री लेख्न थालेका हुन । यसै नामबाट उनी नेपाल प्रसिद्ध पनि भए । उनले धर्मभक्त माथेमाको वहिनीसँग विवाह गरेका थिए । उनले भारतको पञ्जाव विश्वविद्यालयबाट अंग्रजीमा स्नातक उतिर्ण गरेका थिए ।

शास्त्रीले भारतको इलाहवाद स्थित दयानन्द आर्य समाजी संस्कृत विद्यालयमा प्रधान अध्यापक भई काम गरेका थिए । उनी युवा अवस्था देखि नै समाज सुधार कार्यमा लागेका थिए । भारतका प्रसिद्ध समाज सुधारक मनमोहन मालवीयसँग उनको बाक्लो सम्पर्क थियो । ( पन्त महेशराज, नेपाल्री इतिहाँसको परिवेश )

शुक्रराजले भाषा साहित्यमा ठूलो योगदान दिएका थिए । उनी नेपाली, नेवारी, संस्कृत, हिन्दी, अंग्रजी भाषामा गहिरो दखल राख्ने विद्धान थिए । उनले नेपाल भाषाको व्याकरण नै प्रकाशन गरेका थिए (वि.स. १९८५) । स्वर्गको दरवार नामको पुस्तक कलकत्ताबाट प्रकाशन गरेका थिए । १९९० मा संस्कृत प्रदीप प्रकाशन गरेका थिए ।

उनले १९९३ मा व्रम्हशुत्र शंकर भाष्य प्रकाशन गरेका थिए । यसरी उनले छोटो जीवन कालमा जम्मा एघार वटा ग्रन्थ प्रकाशन गरेका थिए । (पन्त महेशराज, नेपाली इतिहाँसको परिवेश)

उनले राणा प्रधानमन्त्री चन्द्र, भीम र जुद्ध समशेरको पालामा प्रकाशित कृतिहरुमा राणा शासकहरुको स्तुती गान सहित फोटो पनि प्रकाशित गरेका थिए । राणा प्रधानमन्त्रीहरु आफ्नो स्तुतीगानबाट खुसी भएर शास्त्रीलाई तत्कालीन रु. १५००।– वक्सिस नै दिएका थिए । नेपाली भाषा प्रकाशिनीमा जागिर नै दिएका थिए । विक्रम सम्वत १९९४ मा उनी वम्हसुत्र शंकरभाष्मको दोस्रो प्रकाशन गर्न कलकता जाँदा महात्मा गान्धी र सुवास चन्द्र घोषसँग भेटघाट गरी राजनैतिक छलफल गरेका थिए । उनी नेपाल फर्के पछि आफ्नै अध्यक्षतामा नागरीक अधिकार समिति गठन गरेका थिए ।

भारतका क्रान्तिकारी नेताहरुसँग भेटघाट गरेको अभियोगमा नेपाली भाषा प्रकाशनीको उनको जागिर खोसियो । नेपाल खाल्टो काटेर वाहिर जान नपाउने गरी उनलाई नजरवन्द जस्तै स्थानहद तोकिएको थियो । म विरामी छु, कलकता गई उपचार गर्न पाउँ भनी विन्ती पत्र हालेका थिए । तर राणाहरुबाट उनको पुकारा सुनुवाई भएन । ( पन्त महेशराज, नेपाल्री इतिहाँसको परिवेश )दैनिकी डटकमबाट