राष्ट्रिय युवा संघ नेपाल ,रामेछाप जिल्ला कमिटीले सदरमुकाम मन्थली बजारमा मसाल जुलुस निकालेको छ। जुलुस सम्पन्न पश्चात् युवा संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल सरकारकि मन्त्री रेणु यादवको पुत्ला दहन समेत गरेको छ।

      

मन्त्री  रेणु यादवको विवादस्पद भनाई र देउवा सरकारले गरेको जनबिरोधी कामको विरुद्धमा मसाल जुलुस र पुत्ला दहन कार्यक्रम  आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल,रामेछापका अध्यक्ष गणेश बज्र लामाले बताएका छन् ।