काठमाडौ २८ असार ।त्रिभुवन विश्वविद्यालयमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका विद्यार्थी नेताहरू आमरण अनसनमा बसेका छन्।

विश्वविद्यालयभित्र रहेका विकृति, विसंगति र शैक्षिक अपराधिकरणका विरूद्धमा अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका हुन्।

उनीहरूले ९ बुँदामा आफ्ना मागहरू समेत राखेका छन्।

एमफिल र पिएचडीलाई नियमित बनाइनुपर्ने, स्रोत साधन र प्राध्यापक त्रिविको प्रयोग गर्ने तर विद्यार्थीहरूबाट चर्को शुल्क असुल्ने गरेको भन्दै सर्वसुलभ बनाउनुपर्ने, १४ वर्षदेखि नभएको स्ववियूको निर्वाचन गर्नुपर्ने माग राखेका छन्।

सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, त्रिवि सेवा आयोगले लिएको परीक्षाको नतिजा शून्य आएको कारण पहिचान गरी परिणाममुखी प्रणाली स्थापना गर्नुपर्नेलगायतका मागहरू राखेका छन्। यो समाचार सेतोपाटीमा प्रकाशित छ।