रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर संभावनाले भरिएको गाउँपालिका हो।उमाकुण्ड गाउँँपालिकामा कृषि मा आलु किवी अलैची ,चिया लगाएतका नगदे बालि को प्रशस्त खेति भैरहेको छ

यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका हो।

सात वडा  रहेको यो गाउँपालिकाको जनसंख्या १७६०१ रहेको छ ।

यो गाउँपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ  भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ प्रिती को च्यादलुमा रहेको छ ।

उमाकुण्ड गाउँँपलिकाले पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला ,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ,उत्तरमा सोलुखुम्बु र दाेलखा र दक्षिणमा ओखलढुङ्गा  र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका सम्म आफ्नो सिमाना फैलाएको छ।

भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्धिमा ठुलो चुनौती देखिन्छ ।

विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानिय सरकार आएपछि विकास निर्माणमा गति लिन थालेको छ ।

उमाकुण्ड गाउँपालिकाको समृद्धिको आधार भनेको कृषि ,पर्यटन र जलश्रोत नै हो।

उमाकुण्ड गाउँपालिका धार्मिक ,ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका  हो ।

धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी ,जट्टापोखरि लगायतका महत्वपुर्ण ताल तलैया  प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै मानिन्छ ।

उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल ताँमेडाँडाक्षेत्र ,उमातिर्थ मन्दिर ,विभिन्न चण्डी मन्दिर लगाएत धेरै ऐतिहासिक तथा धार्मिक स्थल
हरु रहेको छन् ।
गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण स्थलहरु रहेको छन् ।

जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ वटा भन्दा बढी  हाइड्रोपावर हरु निर्माण भैरहेको छन् ।

अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगाएतको समेत काम भैरहेको छ।

कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा न १ गुम्देल लगाएत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ ।

उमाकुण्ड गाउँँपालिकामा कृषि मा आलु किवी अलैची ,चिया लगाएतका नगदे बालि को प्रशस्त खेति भैरहेको

उमाकुण्ड गाउँपालिका  बहुमुल्य जडिबुटीको भण्डार को रुपमा पनि परिचित गाउँपालिका हो।