काठमाडौं २९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले गठबन्धन गरेर कांग्रेसलाई फाईदा भएकाे बताएका छन् ।
आज पार्टीकाे केन्द्रीय कमिटी बैठकमा उनले साे कुरा बताएका हुन् । नेता साउदले भने ‘ गठबन्धन गरेर राम्रो भएकाे छ । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर परिणाम राम्रो आएकाे छ ।’
अब आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्ने साउदकाे भनाई रहेको छ। गठबन्धनमात्रै नभएर दीर्घकालीन गठबन्धन हुनुपर्ने पनि नेता साउदले बताएका छन् ।
विश्वासिलो र भरपर्दो गठबन्धन गरेर आगामी निर्वाचनमा जानुपर्ने साउदकाे जाेड थियाे । मूल्यवृद्धि नियन्त्रणमा सरकारले प्रभावकारी भुमिका खेल्नु पर्ने उनले बताएका छन् ।
यस्तै “पछिल्लो समय भएकाे मूल्यवृद्धिले जनताले सरकारप्रति रियाक्ट गरिरहेका छन् । मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ,” उनले भने ।
उनले पार्टीका विभाग र भ्रातृ तथा शुभेच्छुक संस्थालाई छिटै पूर्णता दिनुपर्ने समेत बताएका छन् ।
प्रतिक्रिया