काठमाडौं— नेकपा एमालेका नेता विष्णु रिमालले अर्थमन्त्रीको आपराधिक हर्कतमा गर्भनर सहयोगी नबनेको झोंकमा गर्भनर महाप्रसाद अधिकारीलाई एमाले भन्दै ‘डिसइन्फरमेसन’ गरेको आरोप लगाए। 

रिमालले एमालेका अर्का नेता घनश्याम भुसालको फेसबुक स्टाटस सेयर गर्दै लेखेका छन्, ‘गठबन्धन झुठो पर्सेप्सन क्रियट गर्न माहिर छ। बहिर्गमित अर्थमन्त्रीको नेतृत्वमा भएको अर्थतन्त्रमाथिको आपराधिक हर्कतमा गभर्नर सहयोगी नबनेको झोंक रहेछ भन्ने त आजको संसद्मा नेका–माकेहरूको प्रस्तुतिबाट प्रष्ट भएको छ।’

त्यसमाथि ‘गभर्नर एमाले’ भन्ने डिसइन्फरमेसन प्रवाह गरी अदालतलाई प्रभावित गर्ने रणनीति स्पष्ट बुझिने उनले बताएका छन्।

उनले प्रश्न गर्दै भनेका छन्, ‘अन्यथा सम्बन्धित व्यक्तिले नै म त्यो हैन भन्दै हुनुहुन्छ, सिफारिस गर्ने र निर्णय गर्ने आधिकारिक व्यक्तिहरू त्यो उहाँ हैन भनिरहनु भएको छ भने यो या‘–उँ किन?’