कान्छाराम तामाङ यो फोटोमा मालाले भरिदा कांग्रेस सभापति रामेछापमा निर्वाचित भएका थिए। कांग्रेस सभापतिमा निर्वाचित भएपछि  संघीय सांसद दोस्रो प्रयासमा  जित्ने मनको लड्डु फुटाउदै थिए  तर तामाङले फुटाउन खोजेको लड्डु उनको मनमै सिमित हुने उनले गर्दै हिडेका बदमासीले देखाएको छ।

कान्छाराम एक निर्माण व्यवसायीमात्र हैनन।नेता समेत हुन। बजारीया हल्ला र तामाङले देखाएको ईच्छा अनुसार ऊनी कांग्रेसबाट संघीय सांसदको प्रत्यासी समेत हुन सक्नेछन् ।

एउटा पार्टीको जिल्ला सभापतिमात्र हुँदा सत्ताको दुरुपयोग गरि  देशभर निर्माणकार्य अलपत्र पार्ने कान्छाराम संघीय सांसद भए भने के चै नगर्लान?                                                                                                                                                           स्याङ्जा वालिङ्का जनताले सर्वनाक हुने गरि सामाजिक वेईजत गरेका रामेछाप कांग्रेसका सभापति कान्छाराम उनकै गृह जिल्ला रामेछापमा समेत गैरजिम्मेवार बनेका समाचार बाहिरिन लागेको छ।

स्याङ्जा वालिङका जनताले सामाजिक संजालमा पुर्णबहादुर तामाङको सार्बजनिक वेईजत हुने गरि प्रचारप्रसार गरेपछि उनी रातारात त्यहाँ पुगेर दुई महिनामा कार्यसम्पन्न गर्ने वाचा गरेपनी अहिले सम्म कार्य सम्पन्न गर्न सकेका छैनन् ।

गोकुलगङ्गा गाउँपालिकामा उनको निजि कम्पनीले सम्पन्न गरेको कालोपत्रे सडक एक बर्ष बित्न नपाउदै ठाउँ ठाउँमा खाल्डो पर्न लागेपछि जनमानसमा उनी प्रति आक्रोस बढ्न थालेको समेत बुझिएको छ। तीनलाल खबरले पटक पटक मोबाइल सम्पर्क गरि बुझ्न खोज्दा कान्छाराम तामाङ सम्पर्कमा आउन चाहेनन् ।

मन्थली–चिसापानी–पुरानागाउँ सडकको निर्माण कार्य पनि कान्छारामले अलपत्र पारेका छन्  ।

सत्ताको आडमा बसेर कान्छाराम कन्स्ट्रक्सनले विकास निर्माणकार्य अलपत्र पार्ने गरेको जनगुनासो व्यापक हुन थालेको छ।

केही महिना पहिले स्याङ्जाको वालिङमा निर्माण गरिनुपर्ने पक्की पुल कान्छाराम कन्स्ट्रक्सनले अलपत्र पारेको थियो।

वालिङका जनताले कन्स्ट्रक्सनका मालिक एवं रामेछाप

कांग्रेस सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)को सामाजिक संजाल मार्फत खोजी र तीनलाल खबरको खवरदारीपुर्ण समाचार आएपछि  उनी वालिङ  पुगेका थिए।

पछिल्लो संघीय निर्वाचनमा पराजित भएका कान्छाराम
तामाङ यदि निर्वाचित भएका भए रामेछापको विकासको सुचाङ्क ध्वस्त पार्ने अड्कल  रामेछापका जनताले गर्न थालेका छन् ।

यद्यपि तामाङलाई हराएका नेकपा माओवादी केन्द्रका सांसद श्याम कुमार श्रेष्ठलाई पनि विभिन्न भष्ट्रचारको आरोपमा बदनाम कमाई सकेका छन् ।

राजनीतिलाई दुहुनो गाई बनाएर कान्छाराम र श्यामकुमार श्रेष्ठ जस्ता नेताले रामेछापलाई समृद्ध बनाउने काम गर्लान् भनेर कसरी विस्वास गर्ने? एक रामेछापबासीले प्रश्न उनीहरुलाई गरेका छन् ।

केही एम्बुलेन्स वितरण गरेका कान्छारामले एम्बुलेन्समा जन्मिएको बच्चाको शैक्षिक भार आफैंले वेहोर्ने बताएका थिए। तर उनको यो कार्य सेवा भावले नभएर कमाउने धन्दाका साथ गरेको प्रमाणित पटक पटक उनले व्यवहारमा गर्ने चोर तरिकाले बताएका छन् ।

न त एम्बुलेन्समा कोहि जन्मिए न त उनलेे कुनै भार बेहोर्नु पर्यो।द्य

देखाउने र चपाउने दाँत बोकेका कान्छाराम तामाङ  ,श्यामकुमार श्रेष्ठ जस्ता जनता डस्ने नेता र पार्टी रामेछापले पाउनु दुर्भाग्यपूर्ण रहेको रामेछापका एक नागरिकको भनाई छ।उनी थप्छ्न”ठेक्काबाट राज्यको आर्थिक दोहन गर्न राजनीति गरेकाको के कुरा गर्नु!