काठमाडौ ३० असार । महालेखापरिक्षकको कार्यलयले ५९ औं प्रतिबेदन सार्वजनिक गरेको छ। जस अनुसार शिक्षाको अवस्था प्रत्येक बर्ष खस्किदो छ।

यसै सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा कार्यमा रू.१० करोड ५३ लाख १५ हजार मध्ये  बैठक भत्तामा मात्र रू.६ करोड ६ लाख २९ हजार खर्च गरेको महालेखापरीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी महालेखापरिक्षकको प्रतिवेदन अनुसार नेपालमा बिगत ४ बर्षमा बाहिरिने युवा हरुको संख्या ५० लाख नाघेको छ।

प्रतिवेदन अनुसार ४ वर्षमा मात्रै ५० लाख नेपाली युवा रोजगारका लागि विदेशिएका छन् । प्रतिवेदन अनुसार आ. व. २०७७/७८ : १०.९ लाख , २०७६/७७ मा : ११.३ लाख, २०७५/७६ : मा ११.२ लाख र २०७४/७५ : १६.८ लाख युवा रोजगार को शिलशिलामा बाहिरिएका छन।