नेकपा एमाले रामेछापका नेता शेर तामाङले आफ्नै पार्टीबाट निर्वाचित खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठलाई भष्ट्रचार गर्न सहज हुने गरि निति अबलम्वन गरेको भन्दै आक्रोश पोखेका छन् ।

तामाङले रगत पसिना बगाएर जिताएका एमाले प्रतिनिधिहरुले महत्त्वपूर्ण स्थानमा मनोमानी गर्दै कार्यसन्चालन गरेमा कालोमोसो दलेर कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
वडा कार्यलयको मसलन्द खर्च १५ लाख पुर्याएका नवनिर्वाचित प्रमुख ज्ञानकुमार श्रेष्ठ तत्कालीन समयमा एकीकृत समाजवादीमा जाने कि नजाने हुँदै एमालेमा बसेका थिए। सोही क्रममा सल्लाहकारमा एकीकृत समाजवादीको मान्छे राख्ने पहल गरि एमालेका कार्यकर्तामाथी अन्याय हुने भन्दै आफू कालोमोसो दल्ल तयार रहेको उनले जारी गरेको फेसबुक स्टाटसको भावबाट अनुमानित गर्न सकिन्छ । उनको फेसबुक स्टाटस।