१५ असार, काठमाडाैँ । स्वघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौलाको जन्मदर्ताको प्रमाणपत्र नै कीर्ते रहेको पाइएको छ । संग्राैला अहिले प्रहरी हिरासतमा रहेकी छिन । सामाजिक अभियन्ता बताउँदै धम्की दिने र समाजसेवाको नाममा असुलीमा लागेकी संग्राैलासहितको समूह केही समययता निकै विवादित बनेको छ ।
उनले पाँचथरको हिलिहाङ गाउँपालिकाबाट कीर्ते गरेर जन्मदर्ताको प्रमाणपत्र बनाएको पाइएको प्रहरीले जनाएको छ । संग्राैला लागयत थुनामा परेपछि प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिकालाई पत्र पठाएर उनको विवरण माग गरेको थियो । गाउँपालिकाले विवरण उपलब्ध गराउने क्रममा ज्वालाले किर्ते गरेर कागजात बनाएको जनाएको छ ।
वडाअध्यक्ष लक्ष्मीप्रसाद सुहाङले ज्वालाले लिएको अविवाहिताको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र किर्ते गरेर लिएको जानकारी दिनुभएको छ उहाँले भन्नुभयो ‘उनले हुँदै नभएको सचिवको हस्ताक्षर सहितको सिफारिस लिएको देखिएको छ । स्थानीय पञ्जिकाधिकारी श्यामबाबु रावल भन्ने नामको विवरण रहेछ’, उनले भने, ‘हाम्रोमा त्यो नामको सचिव अहिलेसम्म नै छैन ।’ महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले १३ गते पत्र पठाउँदै उनको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।
ज्वालाले हाल अस्तित्वमा नै नरहेको गाविस र हुँदै नभएको वडासचिवको हस्ताक्षरसहितको विवरण बनाएको देखिएको वडा सचिव नारायण प्रसाद ओझाले जानकारी दिनुभयो । सोही व्यहोरा सहितको विवरण प्रहरीलाई पठाइएको सचिव ओझाले बताउनुभयो ।
प्रतिक्रिया