नेकपा एमालेका उप महासचिव पृथ्वीसुब्बा गुरुङ श्रावण ७ गते मन्थली आउने भएका छन् ।

नेकपा एमाले रामेछाप जिल्ला कमिटीले आयोजना गर्न गईरहेको एक कार्यक्रमलाई सम्बोधन गर्न गुरुङ रामेछाप आउने एमाले रामेछापले जनाएको छ।

गुरुङ एमालेले आयोजना गर्न गईरहेको ४४ औं पुष्पलाल स्मृतिसभालाई सम्बोधन गर्न तथा  माल्यार्पण कार्यक्रममा सहभागी हुन रामेछाप आउने एमाले रामेछापले जनाएको छ। त्यसै क्रममा उनी एमाले रामेछापको बैठकमा सहभागी हुने बुझिएको छ।