काठमाडौंको जोरपाटीमा पानीको लागि बोरिङ खन्दा ग्याँस निस्किएको छ ।

जोरपाटीको चामुण्डामा रहेको स्थानीय सन्तबहादुर लामाको घरमा पानीको लागि बोरिङ खन्दा लेदो र माटो सहितको फोहोरा निस्किएको प्रहरीले बताएको छ ।

लेदो र माटोसहितको फोहोरा घरभन्दा माथि पुगेको छ । पानीसहितको लेदो र माटोको फोहोराले गर्दा वरपरका घरहरूमा समेत माटो र बालुवा थुप्रिएको छ । एक घण्टा अघिदेखि निस्किएको फोहोरा अझै जारी रहेको प्रहरीले बताएको छ ।

माटो र पानीसहितको फोहोरा निस्किएपछि बौद्धको प्रहरी वृत्तले खानी विभागलाई खबर गरेको बताएको छ