जिल्ला प्रहरी कार्यालय रामेछापले बागमती प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा भेटघाट तथाअन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार, उद्योग वाणिज्य संघ, नागरिक समाजको उपस्थितिमा समग्र शान्ति सुरक्षाको विषयमा छलफल गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमबाट रामेछाप जिल्लाका प्रहरी एकाइहरूमा न्युन जनशक्ति रहेको ,आत्महत्या र जबरजस्ती करणीका घटनाहरू रामेछाप जिल्लामा बढी हुने गरेको हुँदा उक्त विषयमा जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्नुपर्ने ,ट्राफिक व्यवस्थापनमा राजस्व संकलनमा बढोत्तरी आएतापनि जनचेतना अभिवृद्धि हुन नसकेको ,पछिल्लो समयमा नागरिक र प्रहरी बीचको सम्बन्ध राम्रो रहेको निष्कर्ष निकालिएको जनाइएको छ।