१७ श्रावण। कतारमा सन २०२१ देखि  स्थापना भएको “नेपाल कफी समाजले” ” Throwback Latte art coffee compition” गर्न गईरहेको छ।

निकट भबिस्यमा नेपालमा पनि कफी संबन्धी  तालिम दिने लक्ष्य राखेको उक्त संस्थाले कतारकै चर्चित कफि होटलसँग मिलेर उक्त कार्यक्रम गर्न लागेको हो।

“Flat white ”  कफी होटलले उक्त कार्यक्रममा आयोजकलाई मुख्य साथ दिने छ।

कार्यक्रममा अन्य कफि सफले पनि साथ दिने आयोजकले जनाएको छ।लेटो , मिनिस्ट्री ओफ कफी , जोन्स द ग्रोसेर , अम्प जस्ता कतारका कफि होटलले सहकार्य गर्ने आयोजकले जनाएको छ।

४५ जना मिलेर खुलेको उक्त संस्थाले  यहि अगष्ट १०मा कतारको चर्चित “Flat white ”    कफीसंग मिलेर सामुहिक प्रतिस्पर्धाको  आयोजना गर्दै छ।

उक्त आयोजना६/७ घण्टा चल्ने र ६४ जनाले सहभागिता जनाउने आयोजका संयोजक तथा सँस्थाका अध्यक्ष लक्ष्मीप्रसाद तिमिल्सिनाले जनाउनु भएको छ।

उच्च तापक्रममा काम गर्न बाध्य वा काम नपाएर भौतारिएका नेपालीलाई राजदुतावासको सहकार्यमा कफी सम्बन्धि तालीम प्रदान गरि  ईन्डोर रोजगारीको अबसर सृजना गर्ने  उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको अध्यक्ष तिमिल्सिनाले बताउनु भएको छ।

तिमिल्सिनाको अनुसार भर्खर काम सुरुवात गरिएकाले ठोस काम नदेखिएपनि कतार स्थित राजदुतावासको सहकार्यमा सँस्थाको उद्देश्य अनुरुप कामले गति लिने छ र नेपालीले सहयोग र कफि सम्बन्धि तालिम प्राप्त गर्ने अबसर पाउनेछन् ।

प्रतिस्पर्धात्मक कफि मेला  जित्नेले प्रथम पुरस्कार  ३००० कतारी रियाल त्यसै दोस्रो २००० र तेस्रो १००० नगद र अन्य  पुरस्कार जित्ने जनाईएको छ।

कतारमा भएर कतारी समुदायमा मिसिन चाहानुहुने सबैले यो आयोजनामा उपस्थित  भइ  सहभागिता जनाएर हौसला बढाईदिन आयोजकले बिनम्र अनुरोध समेत गरेको छ।