विं स. २०१३ साल वैैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंक हो । यस बैंकको मातहतमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संचालनको अनुमति लिएका छन् ।
नेपालमा नोट निष्काशन गर्ने, मौद्रिक नीतिलाई मार्ग निर्देशन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको काम कारबाहीको नियमन गर्ने, आवश्यकता अनुसार नियन्त्रण गर्ने लगाएतका अधिकार नेपाल राष्ट्र बैंकलाई छ।
अर्थतन्त्रलाई चलायमान बनाउन र सरकारको आर्थिक सल्लाहकारको रुपमा नेपाल राष्ट्र बैंकको भुमिका महत्त्वपूर्ण रहने गरेको छ ।
त्यसकारणले नेपालमा राष्ट्र बैंकको गभर्नरबारे चर्चा हुनुलाई स्वभाविक लिन सकिन्छ । राष्ट्र नेपाल राष्ट्र बैंकमा गभर्नरको पदावधि ५ वर्षको रहने हालको प्राबधान रहेको छ ।
नेपाल राष्ट्र बैंकको स्थापना तथा गभर्नर नियुक्त हुनुपूर्व तत्कालीन राजा त्रिभुवनका सबै मूद्राको सदर मूलुकी खानाका प्रमुख खजाञ्चीले गर्ने प्रचलन थियोे।
खजाञ्जीको हैसियतमा पहिलो पटक नेपाली नोटमा हस्ताक्षर जनक राजले गरेका थिए भने पछि भरत राज तथा नगेन्द्र राजले हस्ताक्षर गरेका थिए ।
नेपाल राष्ट्र बैंकको स्थापना पश्चात् गभर्नर नियुक्तीसँगै नेपाली नोटमा हस्ताक्षर गभर्नरले गर्ने प्रचलनको थालनी हुन थालेको हो।
नेपाल राष्ट्र बैंकका हालसम्मका गभर्नरको नाम काम र कार्यकाल:
१. हिमालय शमशेर जंगबहादुर राणा
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने मौका हिमालय शमशेर जवराले पाए। राणा वि.स. २०१३ बैशाख १४ देखी २०१७ माघ २५ गतेसम्म २ वर्ष ८ महिना राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा रहेका थिए ।
२००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम जबराले गरेका थिए । गभर्नर रहँदा उनले धेरै सुधारको कामहरु गरेका छन् । भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत जबराले गराएका थिए ।
राणालाई राजा महेन्द्रले नियुक्त गरेका थिए । तर पछि महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्ने बेलामा उनी समेत राष्ट्र बैंकबाट अपदस्त भएका थिए । त्यस्तै पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका गरे ।
२. लक्ष्मीनाथ गौतम
नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नर लक्ष्मीनाथ गौतमले काम गर्ने मौका पाए । उनले २०१७ साल माघ २६ गतेबाट २०२२ असार ३ गतेसम्म राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा काम गरेका थिए । जननिवार्चित सरकारलाई अपदस्त गरि महेन्द्रले शासन सत्ता हातमा लिएका वेला उनी गर्भनरका रुपमा नियुक्त भएका थिए । त्यस बेला राजा महेन्द्रका नाममा छापिएका पैसाहरुमा हस्ताक्षर गर्ने गरेका थिए ।
३. प्रद्युम्नलाल राजभण्डारी
नेपाल राष्ट्र बैंकका तेस्रो गभर्नरका रुपमा काम कारबाही गर्ने व्यक्ति हुन् प्रद्युम्नलाल राजभण्डारी । उनले गभर्नर लक्ष्मी नाथ गौतमको कार्यकाल सकिएको भोलीपल्ट अर्थात २०२२ असार ४ गतेबाट नियुक्त भई २०२३ साउन १९ गतेसम्म राष्ट्र बैंकको कार्यभार सम्हाल्ने मौका पाएका थिए । साथै राजा महेन्द्रले सत्ता हातमा लिएर नियुक्त गरिएको कारण पनि उनले पनि राजा महेन्द्रको फोटो भएको मुद्रामा हस्ताक्षर गरेका थिए ।
४.डा.भेष बहादुर थापा
डा भेष बहादुर थापा पुर्व राजदुत तथा राष्ट्र बैंकका चौँथो गभर्नर हुन् । उनले वि स २०२३ देखी २०२४ सम्म गभर्नरका रुपमा रहेका थिए । त्यसपश्चात् भने उनी अर्थसचिव, अर्थराज्यमन्त्री तथा अर्थमन्त्री समेत बनेका थिए । त्यतिमात्र होईन थापा अमेरिकाका लागि नेपाली राजदुतका रुपमा दुई कार्यकाल तथा भारतका लागि नेपाली राजदुतको रुपमा एक कार्यकाल बिताएका छन् । त्यस्तै राजा ज्ञानेन्द्रको पालामा परराष्ट्रमन्त्री सम्म बनेका थिए । थापालाई नेपालको कुटनीति तथा परराष्ट्र सम्बन्धका बारेमा विज्ञ मानिन्छन् । नेपालको परराष्ट्रका सम्बन्धमा थापाको अभिव्यक्तिलाई महत्वपुर्ण मानिन्छ ।
५.डा यादव प्रसाद पन्त
नेपाल राष्ट्र बैंकका पाचौं गभर्नर डा यादव प्रसाद पन्त हुन् । यादवले वि.स २०२५ बैशाख २ गतेबाट २०३० बैशाख ६ गतेसम्म राष्ट्र बैंकको. गभर्नरका रुपमा रहेका थिए । पन्त अर्थशास्त्री तथा अर्थविदका रुपमा चिनिएका छन् । त्यतिमात्र नभएर आफ्ना लेख रचना मार्फत उनले नेपाली अर्थतन्त्रलाइ विश्वसामू चिनाउने काम गरेका थिए । पन्त गभर्नर मात्र नभएर जापानका लागि नेपाली राजदुत, वाणिज्य तथा जलस्रोतमन्त्री र अर्थमन्त्रीका रुपमा समेत काम गरेका छन् । उनी २०४० सालमा लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा जलस्रोत मन्त्री भएका थिए । अर्थशास्त्रका ज्ञाता मानिएका पन्तले वनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारीधी गरेका हुन् ।
६. कुल शेखर शर्मा
नेपाल राष्ट्र बैंकका छैटौँ गभर्नरका रुपमा कुलशेखर शर्माले आफ्नो कार्यकाल विताएका थिए । उनले यादवराज पन्तको कार्यकाल सकिएको भोलीपल्ट अर्थात विस २०३० बैशाख १७ गतेबाट २०३६ मंसिर २ ्६ गतेसम्म गभर्नरका रुपमा रहेका थिए । साथै त्यसबेला राजा महेन्द्रको फोटो अंकित नोटमा केवल हस्ताक्षर गर्दै उनले आफ्नो कार्यकाल सकाएका
थिए ।
७. कल्याण विक्रम अधिकारी
नेपाल राष्ट्र बैंकको सातौँ गभर्नरका रुपमा कल्याण विक्रम अधिकारीले कार्यकाल विताएका छन् । उनको कार्यकाल वि.स २०३६ जेठ ३० गतेदेखी २०४१ मंसिर २३ गतेसम्म रहेको थियो । उनी भने राजा वीरेन्द्रको पालामा गभर्नर भएका थिए । त्यस्तै उनका कार्यकाल भने राजा वीरेन्द्रको फोटो अंकित नोटमा हस्ताक्षर गरि कार्यकाल विताएका थिए ।
८. गणेश बहादुर थापा
गणेश बहादुर थापा राष्ट्र बैंकका आठौँ गभर्नर हुन् । राष्ट्र बैंकको गभर्नरका रुपमा २०४१ मंसिर २३ गतेबाट २०४७ जेठ ८ गतेसम्म कार्यकाल रहेको थियो । उनले आफ्नो राजा वीरेन्द्रको तस्वीर अंकित नोटमा हस्ताक्षर गरि कार्यकाल बिताएका थिए ।
९. हरिकृष्ण त्रिपाठी
नेपाल राष्ट्र बैंकका नवौं गभर्नर बन्ने व्यक्ति हुन् हरिकृष्ण त्रिपाठी । उनले २०४७ साउन २६ गतेबाट २०५१ माघ ३ गतेसम्म राष्ट्र बैंकको गभर्नरको रुपमा कार्यभार सम्हालेका थिए । उनले तत्कालिन राजा वीरेन्द्रको नोटमा अंकित फोटोमा हस्ताक्षर गरेका थिए ।
१०. सत्येन्द्र प्यारा श्रेष्ठ
सत्येन्द्र प्यारा श्रेष्ठ राष्ट्र बैंकको दशौं गभर्नरका रुपमा काम गर्ने अवसर पाएका थिए । उनले २०५१ माघ महिनाको ४ गतेबाट २०५६ गतेसम्म राष्ट बैंकको गभर्नर पदको कुर्सी सम्हालेका थिए । उनले पनि तत्कालिन राजा वीरेन्द्रकै फोटो अंकित नोटमा हस्ताक्षर गरेका थिए ।
११. डा तिलक बहादुर रावल
राष्ट्र बैंकका ११ औँ गभर्नर बन्ने व्यक्ति हुन् डा तिलक बहादुर रावल । उनले २०५६ माघ ४ गतेबाट २०५७ भदौ १२ गतेसम्म पहिलो पटक गभर्नर नियुक्त भएका थिए । त्यतिबेला रावललाई भ्रष्टाचारको मुद्धा लागेको थियो । भ्रष्टाचारमा मुसिएपछि उनलाई बर्खास्त गरियो । उनको बर्खास्ती पछि दिपेन्द्र पुरुष ढकाललाई उनको ठाँउमा नियुक्त गरिएको थियो । साथै पछि उनलाई फेरि पुनर्वहाली गरिएको थियो । उनलाई लागेको मुद्धाको छिनोफानो भएसँगै पुनः उनलाई २०६१ साल माघ ४ गतेसम्म राष्ट्र बैंकको ११ औँ गभर्नरको रुपमा रहेका थिए । तर उनले आफ्नो कार्यकालमा दुई राजाको शासन रहेको थियो । २०५८ साल जेठ १९ गते भएको दरवार हत्या काण्डपछि ज्ञानेन्द्र वीरेन्द्रको उत्तराधिकारीका रुपमा आएका थिए ।
१२. दिपेन्द्र पुरुष ढकाल
नेपाल राष्ट्र बैंकका १२ औँ गभर्नरका रुपमा दिपेन्द्र पुरुष ढकाललाई नियुक्त गरियो । ११ औँ गभर्नरका रुपमा रहेका तिलक बहादुर रावललाई आर्थिक अनियमितताको मुद्धा लागेपछि उनलाई नियुक्त गरिएको थियो । उनको कार्यकाल २०५७ भदौ १३ गतेबाट २०५८ बैशाख ४ गतेसम्म रहेको थियो । तर पछि पुनः तिलक बहादुर रावललाई पुनर्वहाली गरिएपछि ढकाललाई अन्य स्थानमा स्थानान्तरण गरिएको थियो ।
१३. विजयनाथ भट्टराई
विजयनाथ भट्टराइ नेपाल राष्ट्र बैंकका १३ औँ गभर्नर तथा गणतान्त्रिक नेपालका पहिला गभर्नरका रुपमा समेत उनले आफ्नो कार्यभार सम्हालेका थिए । उनले २०६१ माघ १८ गतेदेखि २०६५ माघ २ गतेसम्म सम्हालेका थिए । साथै उनको कार्यकालमा कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्धरले पनि मुद्रामा हस्ताक्षर गरेको थिए । उनलाई गभर्नर रहेको अवस्थामा रहेकै बेलामा भष्ट्रचारको आरोप लागेको थियो । त्यसैक्रममा उनलाई बर्खास्त समेत गरियो साथै छानविन पश्चात उनलाई पुनर्ववहाली गरिएको थियो । समग्र उनको कार्यकाल २०६६ माघ २६ गतेसम्म उनले गभर्नरको रुपमा काम गर्ने अवसर पाएका थिए ।
१४. दिपेन्द्र बहादुर क्षेत्री
नेपाल राष्ट्र बैंकका १४ औँ गभर्नरका रुपमा दिपेन्द्र बहादुर क्षेत्रीले काम कारबाही गरेका थिए । राष्ट्र बैंकका १३ औँ गभर्नरका रुपमा रहेका विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनलाई नियुक्त गरिएको थियो । उनको कार्यकाल २०६५ माघ २ गतेबाट २०६६ साउन ११ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । त्यतिमात्र नभएर क्षेत्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका थिए । साथै क्षेत्री अर्थविद् समेत हुन् ।
१५. डा युवराज खतिवडा
वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्र बैंकका १५ औँ गभर्नर हुन् । खतिवडाले २०६६ चैत ९ गतेबाट २०७१ साल चैत ५ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । उनले कोलम्बो यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ तीन वर्ष अर्थशास्त्रीको रुपमा सेवा गरेका थिए । त्यस्तै उनले नेपाल सरकारको योजना आयोगको उपाध्यक्षको रुपमा समेत काम गरेका थिए । त्यति मात्र नभएर उनी राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख, त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्यापन समेत गराउनु भएको थियो । साथै त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका अतिथी संकाय सदस्यको रुपमा समेत काम गरेका थिए । शैक्षिक योग्यताको हिसावमा खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट २०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका थिए ।
१६. डा चिरञ्जीवी नेपाल
नेपाल राष्ट्र बैंकका १६ औँ गभर्नर थिए डा चिरञ्जीवी नेपाल । नेपालले राष्ट्र बैंकको १६ औँ गभर्नरका रुपमा २०७१ साल चैत ५ गते नियुक्त भएका थिए । पाँच वर्षे कार्यकाल हुने गभर्नरको रुपमा उनको पदावधि आगामी चैतमा सकिँदैछ । त्यससँगै १७ औँ गभर्नरका रुपमा को आउने भन्ने कुराले समेत चर्चा चल्न थालेको छ । यस भन्दा पहिले उनी स्वर्गीय सुशिल कोइराला प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकारका रुपमा रहेका थिए । त्यस्तै अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरुमा समेत संलग्नता रहेको थियो ।
उनले सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम तथा अर्थतन्त्र सम्बन्धमा विद्यावारिधी गरेका हुन् । नेपालले २८ वर्ष प्राध्यापन पेशामा समेत रहेका थिए । त्यस्तै उनले काठमाडौं विश्वद्यिालयको भिजिटिङ प्रोफेसरको रुपमा समेत ६ वर्ष बिताएका छन् ।
१७.महाप्रसाद अधिकारी
राजनीति खिचातानीमा फसेका अधिकारीले गभर्नर भइरहदा अनेकौं समस्या झेल्नुपरेको छ।अर्थमन्त्रीसँगको टकराव,राजनीतिक दलहरुको गठबन्धनबाट अवरोध र तिनका जनवर्गीय संगठनबाट हुने बिरोध लगाएतको तनाव अधिकारीले झेल्नुपरेको छ। सरकारले निलम्बित गरे तापनि अदालतले उनलाई काममा फर्काएको थियो।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो।बि.स.२०७६ चैत २४ मा बसेको मन्त्री परिषदको बैठकबाट बाजि मार्दै नेपालको सत्रौं गभर्नरको रुपमा अधिकारी नियुक्त भएका थिए।
को हुन् अधिकारी ?
अधिकारीको जन्म पहाडी जिल्ला खोटाङको सिमपानीमा वि. सं. २०२० सालमा भएको हो । उनले औपचारिक शिक्षाको सुरुवात खोटाङबाट गरेका थिए ।काठमाडौं आएर अधिकारीले उच्च शिक्षा हासिल गरे।
गाउँबाट भर्खर काठमाडौं छिरेका उनलाई बिरानो सहरमा बसेर आफ्नो लक्ष्य पूरा गर्न दिगो जागिरको आवश्यकता थियो । जागिर खोज्ने क्रममा२ ०४० सालको सुरुवात तिरै राष्ट्र बैंकमा जागिर खुलेको उनले थाहा पाए । पहिलेदेखि नै पढाइमा तीक्ष्ण स्वभावका अधिकारीले वि.सं. २०४२ सालमा राष्ट्र बैंकमा सहायक स्तरको पदमा नाम निकालेर सरकारी सेवाको सुरुवात गरे ।
अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पूरा गरे। इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) अध्ययन पूरा गरे ।
एउटा सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका अधिकारीले सोही संस्थाको सर्वोच्च पदमा विराजमान हुने मौका पाए।
सहायकस्तरबाट सेवा सुरु गरेका उनले वि.सं. ०५१ सालमा नेपाल राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती भए । ५ वर्ष ३ महिना उपनिर्देशकका रुपमा सेवा सम्पन्न गरेपछि उनी ०५६ मा निर्देशक पदमा बढुवा भए ।
निर्देशकमा नौ वर्ष ६ महिना बिताएका उनी ०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए । कार्यकारी निर्देशकमा बढुवा भएको दुई वर्ष तीन महिनामा अर्थात् ०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो ।
विसं २०६५ सालमा कार्यकारी निर्देशक बनेका उनी सन् २०१० मा भने डेपुटी गभर्नरमा नियुक्त भएका थिए । विभिन्न पदमा गरी तीन दशक राष्ट्र बैङ्कमा अधिकारीले विताए।
प्रतिक्रिया