मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले देशव्यापी रुपमा तालमेल गर्ने निर्णय गर्दै तालमेलको मोडालिटीकालागि एघार सदस्यी सिफारिस समिति बनाउने निर्णय गरेको छ। गठबन्धनका शीर्ष नेतृत्वबिच तालमेल मोडालिटी समिति निर्माण गर्ने सहमति भएको हो । यस अघि गठबन्धनले चुनावी तालमेल गरेर अघि बढ्ने जनाएका थिए।
उक्त सिफारिस समितीले मंसिर पहिलो हप्ता भित्र सम्पुर्ण संघ र प्रदेश अन्तर्गत तालमेलको मोडालिटी तयार गरि सक्नु पर्ने जनाईएको छ ।
को को छन् गठबन्धनबाट तालमेल मोडालिटी समितिमा
नेपाली कांग्रेस कृष्ण प्रसाद सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, गगन थापा
नेकपा (माओवादी केन्द्र)- वर्षमान पुन, जनार्दन शर्मा
नेकपा (ए. समाजवादी) – वेदुराम भुषाल, प्रमेश हमाल
जसपा – राम सहायप्रसाद यादव, रक़म चेम्जोङ
राजमो – हिमलाल पुरी, आनन्द शर्मा
प्रतिक्रिया