लिखुतामाकोसी गाउँपालिका २, रामेछाप सैपुका डेगराज पौडेलको दुईवटा नै आँखामा समस्या देखा पर्यो।
मेडिकल रिपोर्ट अनुसार एउटा आँखा पुरै काम नगर्ने भएको र एउटाले अपरेसन पश्चात् देख्नसक्ने सम्भावना देखिएको डाक्टरले बताएका छन् ।
बिरामिको आर्थिक अवस्था एकदमै कमजोर भएकोले अहिलेसम्म बिरामीलाई हस्पिटल ल्याउने, चेकअप गराउने लगायत सम्पुर्ण खर्च वडा अध्यक्ष सन्तोष पौडेलले गरिरहेका छन् ।
अपरेसन लगायत बाँकी उपचारको लागि आवश्यक खर्च अपुग हुने हुँदा सहयोगि भावना भएका मनकारी ब्यक्तिहरुलाई सहयोगका लागि डेगराज पौडेलले सबैलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया