श्रावण २२।अदालतमा भष्ट्रचारको मुद्दा खेपिरहेका एमाले नेता गोकुल बाँसकोटाको संसदमा बोल्ने क्रममा आज जिब्रो चिप्लिएको छ।
वाग्मती प्रदेशमा पर्ने जिल्लाहरुको नाम लिदै जाँदा उनले रामेछापलाई रामेछोप भन्न पुगेका छन् ।यद्यपि उनले तत्काल बोली सच्चाएर रामेछापनै बोलेर गल्ती सच्चाएका छन् ।
नजिकिदो चाडपर्वलाई ख्याल गर्दै बाँस्कोटाले अरनिको राजमार्ग र विपी राजमार्गमा यात्रा गर्दा यात्रु र यातायातका साधन व्यबस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउने क्रममा उनको जिब्रो चिप्लिएको हो। संसदमा जिब्रो चिप्लेर गलत उच्चारण गर्ने बाँसकोटा पहिलो साम्सद भने होइनन् ।यस अघि थुप्रै साम्सदले यस्तो गल्ती गरीसकेका छन् ।
प्रतिक्रिया