बासु काफ्ले
नाम नै काफी छ गंगालाल ,कृष्णलाल र पुष्पलाल। रामेछापको पहिचान यी नामले बोकेको छ। ईतिहास रचेको छ।यी नाम लिदाँ रामेछापका जनताको छाती गर्वले फुल्ले गर्दछ।

लाल अर्थात रातो । भनिन्छ  नजरमा पर्ने पहिलो रङ । अथवा प्रायको मन पर्ने रङ। तीनलालको रातो रगतले सिंचित रामेछापका हरेक कुना, कन्दरा राताम्य वा रातो छ। अझ कम्युनिस्टको रातो रंगले रामेछाप पोतिएको छ।

भौतिक रूपमा पुर्ण विकसित हुने मौका रामेछापले  नपाएपनि राजनीतिक चेतनाको विकासमा रामेछापले ईतिहास देखी फड्को मार्दै आएको छ। पन्चायत व्यवस्थामा नवराज सुवेदी देखि प्रादेशिक संरचनामा आईपुग्दा शान्ति पौडेल सम्म मन्त्री बनेको यो जिल्लाको रातो रङ  हरियो रंग तर्फ उन्मुख भइरहेको स्थानीय निर्वाचनले देखाउछ।

गंगालाल ,कृष्णलाल र पुष्पलालले रामेछापलाई मात्र नभई देशलाईनै रंगिन बनाउने जुन प्रयत्न गरे त्यो योगदानलाई उच्च कदर गर्दै वर्तमान समयमा रामेछापका आशा तीनलालको थोरै तितो चर्चा गरौं ।

कैलाश ढुङ्गेल (नेकपा एमाले )
रामेछापका पुराना कम्युनिस्ट नेता। एमाले केन्द्रिय सदस्य ,पुर्व प्रदेश मन्त्री । ढुङ्गेलको परिचय यहि नै हो।

रामेछापका जनताले पटकपटक जनमतद्वारा  अविस्वास गर्दा गर्दै नेकपा नामक पार्टी केही समय बनिदिनाले प्रदेश मन्त्री हुने मौका पाएका व्यक्ति ।

जब उनी मन्त्री भए तब उनले झण्डै पाँच दसक देखि गरेको राजनीतिलाई जनतामा पस्कने मौका पाए। गंगालाल ,कृष्णलाल र पुष्पलालले पुरै देशमा खैलाबैला ल्याए परिवर्तनको खातिर। ढुङ्गेलले पनि खैलाबैला मच्चाउने काम गरे रामेछापको खाँडादेवी तिरमात्र । त्यो पनि एकपाखे तरिकाले ।

१३ जिल्लाका लागी मन्त्री भएका ढुङ्गेलले आफ्नै जिल्लामा समेत समानुपातिक विकास गर्ने योजना बनाउन सकेनन् ।

दुरदर्शिता भन्ने चरी पटक्कै नभएका आधुनिक तीनलाल मध्यका एक ढुङ्गेलको बोलीको कुनै टुङ्गो हुन छोडेको छ।
स्थानीय निर्वाचनमा बड्बडाएको गलत सावित हुँदा समेत चेत नखुलेको ढुङ्गेलले आउदो निर्वाचनको परिणाम लिएर बड्बडाएको सूनिन्छ । ढुङ्गेल ज्यु,भविष्य बताईरहदा तपाईंको बोलिलाई जनताले हावामा उडाउने दिन न आओस् । एक लाल बन्न सक्नुहोस ।शुभकामना ।

श्यामकुमार श्रेष्ठ (नेकपा माओवादी केन्द्र )
कथित जनयुद्धबाट आएका एक योद्धा । श्रेष्ठको  यहि परिचय प्रयाप्त छ। साम्सद पनि छन् श्रेष्ठ ।

रामेछापका एक होनहार जनप्रतिनिधि ।जसले एक दशक रामेछापको विकासलाई पछाडि धकेल्ने काम गरे। उनले विकासको नाममा केही माखो मार्न सकेनन् तर विकास गर्न लागिएको एक विद्यालयमा लाखौ भष्ट्रचार गरेको आरोप खेपे। पार्टी गत तवरले चोखिएका श्रेष्ठ जनताको नजरमा एक अघोषित भष्ट्र भए। अप्रमाणित नितिगत भष्ट्रचार गर्न सिपालु र
सशस्त्र युद्धमा राम न्याय दिन्थे भन्ने सुनिएका श्रेष्ठलाई रामेछापमा अर्को लाल बन्न शुभकामना!

कान्छाराम तामाङ (नेका)
स्याङ्जाले ठगदारको नाम दिएका रामेछापका अर्का लाल हुन पुर्णबहादुर तामाङ ।
रङ्गमन्चका कलाकार भन्दा ज्यादा सिपालु । सहयोगको वहानामा लुट मच्चाउन सिपालु ।

ठेक्का मार्फत जिल्ला निर्माण गर्छु भनेर हिडेका एक निर्माण व्यवसायी ।अपसोच आफ्नै घर जाने बाटो निर्माणमा समेत लुटेको आरोप लागेका काङ्ग्रेसका नेता  ।
एम्बुलेन्स बाडेको नाटक गरे एम्बुलेन्समा आलु र कन्ट्रक्सनका कामदार बोक्न लगाए ।एकाध विरामी बाहेक । कोरोना समयमा तामाकोसी अस्पतालमा रोगीलाई भुईमै सुताएर महिनौ बेडलाई वेवारिसे बनाए। यस्तै नाटक मंचन गर्न सिपालु रामेछापका अर्का लाल।

जे होस आसन्न  निर्वाचनमा रामेछापबाट कि यी तीन लाल आफै उम्मेदवार उठ्नेछ्न कि आफ्नो ईजारको फेरो समाउनेलाई उम्मेदवार उठाउनेछन् । गंगालाल ,कृष्णलाल र पुष्पलालले राताम्य बनाएको रामेछापमा तीनका सपनामाथी तुषारापात गर्न यी आधुनिक तीनलाल लागिपर्ने छन्  आधुनिक तीनलाल ले गरेका  काम ,सामाजिक अपनत्व वहन,पारदर्शिता र दुरदर्शिताले यो छर्लङ्ग पारेको देखिन्छ ।