मन्थली नगरपालिका रामेछाप १२ गेलु ,सिक्रालमा पहिरो को कारण ४ परिवारका १८ जना विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् ।
विगत केही दिनदेखिकाे अविरल वर्षा र त्यसपछि आएकाे भलवाढीले मन्थली नपा १२ सिक्रालका वमवहादुर वुढाथोकी, माेहन वहादुर वुढाथाेकी,केशव वुढाथाेकी , कुमार वुढाथाेकि , कृष्णहरि वुढाथाेकि लगाएत ४ परिवारकाे घर तथा गोठलाई पहिरोले असर पुर्याएको छ।
वसाेवास गरिरहेकाे घर आसपासको जमिन चिरिएर पहिराे गएको छ। पहिरोले पशु चाैपाय वस्ने गाेठ समेत भत्किएको छ।
नत पहिराे नत ठुलै खाेला छ यद्यपि एक्कासि आएकाे मुसलधारे पानीले हेर्दाहेर्दै वसेकाे जग्गा बग्छ,चिरिन्छ र क्रमश भत्किदै जादै गर्दा स्थानीय समेत अचम्मित भएका छन् ।
पीडितहरुलाई आनन्दले दुई गाँस खाएर रात विताउन समस्या परिरहेकाे छ । स्थानीय जनप्रतिनिधिले वेवास्ता गर्दा अब कसरी सुरक्षित रहने हो भन्ने चिन्त्ताले सताउदै लगेको पीडितहरुले बताएका छन् ।
प्रतिक्रिया