२३ साउन, काठमाडौँ । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठन गरेको ११ सदस्यीय कार्यदलको पहिलो बैठक आज बस्दैछ । आजको बैठकले १६५ सिटलाई पाँच भाग लगाउने आधार तय गर्ने बताइएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले १६५ सिट पाँच भाग लगाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो । गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्ने र सकेसम्म एकै चुनाव चिन्हमा प्रतिस्पर्धामा सहभागी हुने भन्दै संयुक्त विज्ञप्ति समेत जारी गरेका थिए ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन । माओवादी केन्द्रबाट महासचिव बन्ने प्रतिस्पर्धामा रहेका स्थायी कमिटी सदस्दयद्धय वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र सचिव प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन । यो समाचार दैनिकीमा प्रकाशित छ

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ०८:४५