नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

माओवादी अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा भएको भेट एक घन्टासम्म चलेको थियो।

बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो। बाबुराम भट्टराई निकट स्रोतले चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बतायो।

प्रचण्डजीसँग डा. सापको भेट भएको हो,’ उनी निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘एक घन्टा चलेको भेटमा एकता, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल भयो, फेरि समय मिलाएर बस्ने कुरा भएको छ।’

नेसपालाई गठबन्धनमा सामेल गराउने, प्रतिनिसिधभामा डा. बाबुराम भट्टराईको सुनिश्चितताको खोजी गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर फर्केलगत्तै यी ३ नेताबीच भेटवार्ता भएको हो।

बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै डा. भट्टराईले आफू योग्य युवा उम्मेदवार आए गोर –२ छाड्न तयार भएको बताएका थिए।

आजै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दैछ। बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको छ। नेपाल खबरबाट