जनैलाई जातीय विभेदको प्रतिक मानेका उनले सन् १९७४ मा आफ्नै गाउँको एउटा सभाबाट सामूहिक रूपमा जनै छिनाल्दै दक्षिण एसियामा रहेको जातीय प्रथालाई नमान्ने संकल्प गरेका थिए। उनले भारतको स्वतन्त्रका लागि ‘भारत छोडो आन्दोलन’देखि लिएर विभिन्न चरणमा भएका विद्यार्थी आन्दोलनलाई समर्थन गरेका थिए। आफ्नै गाउँको पिपलको बोटमुन्तिर उनले थालेको अभियानमा १० हजार मान्छेले जनै चुँडालेका थिए।
अंग्रेजविरुद्धको आन्दोलन र भारत स्वतन्त्रतापछि व्यवस्था परिवर्तनका लागि अनेकौँ भारतीय संघर्षहरूमा अबिराम लड्ने योद्धाको नाम हो जयप्रकाश नारायण। उनी स्वयंले समाजमा भएका विभेदहरूको अन्त्यका लागि पनि अनेकौँ आन्दोलन चलाएका थिए। त्यसमध्येको एउटा प्रमुख आन्दोलनको नाम थियो हो ‘जनै तोड आन्दोलन।’
जनैलाई जातीय विभेदको प्रतिक मानेका उनले सन् १९७४ मा आफ्नै गाउँको एउटा सभाबाट सामूहिक रूपमा जनै छिनाल्दै दक्षिण एसियामा रहेको जातीय प्रथालाई नमान्ने संकल्प गरेका थिए। उनले भारतको स्वतन्त्रका लागि ‘भारत छोडो आन्दोलन’देखि लिएर विभिन्न चरणमा भएका विद्यार्थी आन्दोलनलाई समर्थन गरेका थिए। आफ्नै गाउँको पिपलको बोटमुन्तिर उनले थालेको अभियानमा १० हजार मान्छेले जनै चुँडालेका थिए।
बिहारको सिताब दियारामा जन्मेका उनले चम्बरका चार सय डाँकुहरूको आत्मसमर्पण, बिहारमा अराजक सत्ता व्यवस्था, कुशिक्षा, अपराध र अराजकताविरुद्ध ऐतिहासिक छात्र आन्दोलन, ‘व्यवस्था परिवर्तनका लागि सम्पूर्ण क्रान्ति’को आह्वानदेखि लिएर केन्द्रमा इन्दिरा गान्धीको तत्कालिन सरकारलाई सत्ताबाट हटाएर लोकतन्त्रको बहालीलगायतका अनेकौँ एजेण्डा र अभियानमा जयप्रकाश नारायणले सत्याग्रही भूमिका निर्वाह गरेका थिए। स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने क्रममा नारायण झारखण्डस्थित हजारीबागको १७ फिट अग्लो जेलको पर्खाल नाघेर भागेका थिए।
प्रतिक्रिया