मन्थली, साउन २७ गते । तामाकोसी अनलाइन डटकमका कार्यकारी सम्पादक नवराज श्रेष्ठ उत्कृष्ट पत्रकारीता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।
आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३औँ स्थापना दिवसका अवसरमा सम्पादक श्रेष्ठलाई फोनिज रामेछापले नगद रु. १० हजार, दोसल्ला र प्रमाणपत्र सहित उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता पुरस्कार–२०७९ बाट सम्मान गरेको हो । सम्मानित भएका श्रेष्ठ रेडियो इनर्जी १०६.२ मेघाहर्ज मन्थलीका समाचार प्रमुख हुन् भने प्रेस चौतारी नेपाल रामेछापको अध्यक्ष, ग्यालेक्सी फोरके टेलिभिजनका जिल्ला प्रतिनिधी एवं गोरखापत्र दैनिकका जिल्ला रिपोर्टर समेत हुन् ।यो समाचार तामाकोसी अनलाइनमा प्रकाशित छ।
प्रतिक्रिया