रामेछाप, मन्थली नगरपालिका वडा नं. १२ का विभिन्न स्थानमा बाढी पहिराे पीडितले त्रीपाल सहित राहत सामाग्री प्राप्त गरेका छन् ।

बसाेबास गर्ने घरमा क्षति पुग्न गई बस्न नमिल्ने अवस्थामा रहेका तथा गाेठ टहरामा  क्षति पुगेकाेलाई राहत  रामेछाप काठमाडौं सृजनशील समाजले उपलब्ध गराएको हो।

पुरूषाेत्तम बुढाथाेकीकाे संयाेजकत्वमा संकलित रकमले  खरिद गरिएको त्रिपाल मिति २०७९ श्रावण २८ गते शनिवार  सिक्रालका १८ जना- घर परिवारलाई वितरण गरिएको रामेछाप काठमाडौं सृजनशील समाजले जनाएको छ।

खरिद काे लागि सहयोग उपलब्ध गराउनेको नामावली
१.बहुआयमिक कृषि बचत तथा ऋण सहकारी संस्था बाट रु.    २५०००
२. सुशील केसी बाट रु. २००००
३.सराेज खड्का बाट रु. ५०००
४. लवहरि बुढाथोकी बाट रु. २१००
५. सुरज बुढाथोकी बाट रु १५००
६. खुशहरि वुढाथोकी बाट रु २०००