रामेछापमा नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईं कुनै नौलो नाम हैन। २०४८ साल देखी नेपाली कांग्रेसमा अनवरत कृयाशिल चौलागाईं २०२६ साल भदौ ८ गते सुनापती गाउँपालिका १, साविक गुन्सी भदौरेमा जन्मनु भएको थियो।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा पार्टीको केन्द्रिय विभागीय समिति सदस्य हुनु भएका भरत चौलागाईं १३औं महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधि चुनिनु भएको थियो ।
१४औं महाधिवेशनमा रामेछापबाट दोस्रो लोकप्रिय मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु भएको चौलागाईं विपी चिन्तन प्रतिष्ठान रामेछापको सभापति समेत हुनुभएको थियो।
आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस रामेछापको तर्फबाट रामेछाप “ख ” बाट उम्मेदवार दावी गर्नुभएका चौलागाईंसँग तीनलाल खबर डटकमले गरेको कुराकानीको सम्पादित अन्तर्वार्ता।
चुनावको पुर्व सन्ध्यामा नेपाली कांग्रेस रामेछापमा विवाद देखियो र उक्त विवाद केन्द्रमा समेत पुग्यो। नेपाली कांग्रेस रामेछापको पुरानो नेता तपाईंले यसलाई कसरी नियाल्नु भएको छ?
जीवन्त पार्टीमा यस्ता सनातिना घटना भइरहन्छन् । पार्टीका आन्तरिक विवाद पार्टीभित्रनै बसेर मिलाउनु पर्छ। मिडियाबाजि गरेर यो भन्दा धेरै विवाद गर्नु जरुरत छैन ।
तर बाहिर त छताछुल्ल भयो नी ?
समाजिक संजालको युगमा केही कुरा बाहिर आउछन् । पार्टी भित्र भएका कुरा जनताले थाहा पाउनु स्वभाविक हो। त्यसैले त नेपाली कांग्रेस भनिन्छ ।
गठबन्धन भित्र केन्द्रमा समेत विवाद देखिन्छ ,रामेछापमा गठवन्धन हुन्छ?
गठबन्धन हुन्छ र हुनुपर्छ पनि । प्राय प्रजातान्त्रिक मुलकमा गठबन्धन भएका छन् । भारतमा विगत १५ बर्ष देखि गठबन्धन छ र गठबन्धनले सरकार चलाएको छ।
नेपालमा पनि गठबन्धन आज पनि छ ,भोलि पनि हुन्छ,गठबन्धन चलिरहन्छ।यो समयको माग हो।
आसन्न निर्वाचनमा रामेछाप ख बाट उम्मेदवारी दिदै हुनुहुन्छ भन्ने सुन्नमा आएको छ ।के कारणले उम्मेदवारीको दावी गर्नुभएको हो?
संसदिय परिपाटीको राजनीति व्यवस्था भएको यो मुलुकमा म १६ बर्षको हुँदा वहुदल ल्याउन जेल गएको मान्छे हुँ। अहिले ५३ बर्ष हुँदा सम्म म अनवरत राजनीतिमा कृयाशिल छु। राजनीति गर्ने मान्छेले कहिलेकाही अबसरको खोजी गर्छ ।
त्यसकारण पार्टीले टिकट दियो भने यसपटक उम्मेदवारी दिने ईच्छा छ।
तपाईंको राजनैतिक जिवनभरमा रामेछापमा कस्ता समस्या पाउनु भयो? तपाईंले टिकट पाउनु भयो भने ती समस्याको निराकरण कसरी गर्छु भनेर जनतालाई विस्वास दिलाउनु हुन्छ?
रामेछापको सबभन्दा ठूलो समस्या गरिबी र विकास हो। पार्टीबाट टिकट पाए भने जितेर म ती समस्याको सामधान गर्छु।
तर नेपाली कांग्रेसमा एक दर्जन भन्दा धेरैले उम्मेदवारी दिने ईच्छा देखाएको देखिन्छ नी?यसले तपाईंको उम्मेदवारी दिने ईच्छामा ठेस पुर्याउदैन?
सबैको ईच्छा हो तर पार्टीले जसलाई टिकट दिन्छ उसैले उम्मेदवारी दिने हो।
१२/१३ जनाले ईच्छा देखाउनु भद्रगोल हुनु हैनर ? यसलाई कसरी मिलाउनु हुन्छ ?
नेपाली कांग्रेस जस्तो जीवन्त पार्टीमा म जस्ता सयौं जना रामेछापमा हुनुहुन्छ । उहाँहरुले उम्मेदवारी दिने ईच्छा देखाउनु स्वभाविक हो। पार्टीले टिकट दिएको व्यक्तिले उम्मेदवारी दिनुहुन्छ र अरु जिताउन लाग्नु हुन्छ।
कहिलेकाही पार्टी भित्र व्यक्ति हावी हुँदा अनुचित व्यक्तिले टिकट पाएको पनि देखिएको छ। तपाईलाई पार्टीले टिकट नदिन पनि सक्छ नी हैन ?
पार्टीले टिकट दिएन भने सामान्यरुपमा लिनुपर्छ। मलाई लाग्छ ” यसपटक मलाई पार्टीले टिकट दिन्छ र म चुनाव लड्छु”।
#भरत चौलागाईंसँग गरिएको कुराकानीको भिडियो फेसबुक पेज तिनलाल खबरमा हेर्न सकिन्छ ।
प्रतिक्रिया