भदौ ४ ।नेकपा माओवादी केन्द्रले लामो कसरत पछि पदाधिकारी चयन गरेको छ । नेकपा माओवादी केन्द्रले महाधिवेशनको ८ महिनापछि शनिबार पदाधिकारीको टुंगो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार सम्पन्न भएको स्थायी समिति बैठकले पदाधिकारीमा २१ सदस्यको टुंगो लगाएको छ ।
महासचिव मागेका जनार्दन शर्मा र वर्षामान पुन उपमहासचिव भएका छन । उनीहरू महासचिवका लागि तीव्र प्रतिस्पर्धामा थिए ।
अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्ष : कृष्णबहादुर महरा
महासचिव : देव गुरुङ
उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल
सचिव : दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त
प्रतिक्रिया