४ भदौ । नेकपा एकीकृत समाजवादी रामेछापको तेस्रो बैठक सम्पन्न भएको छ।आसन्न निर्वाचन सम्बन्धमा केन्द्रित बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि केन्द्रिय कमिटीमा उम्मेदवारको नाम सिफारिस गरेको छ।

केन्द्रिय उप महासचिव प्रकाश ज्वाला प्रमुख अतिथि रहेको बैठकमा बिशेष अतिथि जिल्ला ईन्चार्ज देव शंकर पौडेल थिए भने अतिथि पोलिटव्युरो सदस्य होम बुढाथोकी ,केन्द्रिय सदस्यद्वय झम्क कँडेल,शान्ता सापकोटा ,केन्द्रिय परिषद सदस्य आङ काण्डु शेर्पा थिए।

बैठकले प्रतिनिधि सभाको लागि देव शंकर पौडेल ,होम बुढाथोकी र शान्ता पौडेलको नाम सिफारिस गरेको छ।

प्रदेश सभाको लागि” क” बाट रमेश बस्नेत ,रमेश बाबू श्रेष्ठ ढाल बिक्रम कार्की  र आङ काण्डु शेर्पा  “ख” बाट झम्क कँडेल,दिपक बुढाथोकी ,लाल सिंह तामाङ र किरण मोक्तानको नाम बैठकले सिफारिस गरेको छ।