काठमाडौं, ६ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित अन्य चार दलले भोलि (मंगलबार) नेपाल बन्दको घोषणा गरेका छन् ।
सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धि/सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले भोलिको लागि नेपाल बन्दको घोषणा गरेका हुन् ।
तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न पाँच दलले माग गरेका छन् ।
प्रतिक्रिया